अल्डरसट । अल्डरसटस्थित प्रिन्सेस हलमा शान्ति गुरुंगद्वारा आयोजित मिस यूके २०११को फाइनल चरणको प्रतियोगितासहितको कार्यक्रम साँझ ४ बजेतिर सञ्चालन भएको थियो । सोही कार्यक्रममामा लोकप्रिय गायक राजेशपायल राईलाई विशेष रुपममा झिकाइएको थियो । स्थानीय नेपाली कलाकारहरुका विविध साँस्कृतिक प्रदर्शनी रहेको उक्त कार्यक्रममा प्रतियोगी युवतीहरुले नेपाली विविध भेषभुषामा नेपाली विविध संस्कृति झल्काउने प्रकारले पहिरनहरु लगाई कार्यक्रमको शुरुमा आएका थिए । टप टेन, टप फाइभ हुँदै अन्त्यमा तीनजना सुन्दरीहरु छानिएका थिए । प्रतियोगिताको छनोटको प्रकृयामा निर्णायक मण्डलीहरुले दशैंको बारेमा प्रश्नहरु राखेका थिए भने सोही प्रश्नको चित्तत्रबुझ्दो उत्तर दिएकिले गउमाया गुरुंग २०११ सालकी मिस यूके नेपाल भएकिछिन् । दोस्रोमा प्राज्ञ श्रेष्ठ र तेस्री हुनेमा निलम गुरुंग रहेकिछिन् । प्रतियोगितामा प्रथम, दोस्रो अनि तेस्रो हुनेले क्रमशः ८००, ५०० र ३०० पाउण्ड नगदलगायतका पुरस्कारहरु प्राप्त गरेका छन् ।
राजेशपायल राईका साथमा स्थानीय नेपाली कलाकारहरुबाट विविध साँस्कृप्तिक कायक्रमहरुको प्रदर्शनी गरी रातको ०१३० बजेतिर कार्यक्रम सकिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि बेलायतकबाम का लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे रहेका थिए र उनले आफ्नो सानो मन्तव्यको क्रममा “यस्तो किसिमको प्रतियोगिताहरुले प्रवासमा भएको नेपाली समाजमा सकारात्त्मक प्रभाव पर्ने र त्यसरी नै सोप्रति बालबालिकाहरु लालायित हुने पक्ष” आफूले राम्रो देखेको बताएका थिए ।
-चन्द्र सुनार, मेस,
Click here to see the Full album. All pictures by Chandra Sunar
प्रतिक्रिया