कर्मचारीको सरुवामा मनपरी

कर्मचारीको सरुवामा मनपरी


सामान्य प्रशासन मन्त्रालयले मनपरी रुपमा कर्मचारीको सरुवा गर्ने गरेको पाइएको छ । मन्त्रालयले हालै मात्रै दुई सय ५० भन्दा बढी कर्मचारीको सरुवा गरेपछी यस्तो खुलेको हो ।

मन्त्रालयले गरेको कर्मचारी सरुवा नियमविपरीत एकतर्फी रूपमा भएको जानकारहरु बताउछन् । उता आधिकारिक ट्रेड युनियनलगायत कर्मचारीसम्बद्ध विभिन्न संगठन समेत यसको विरोधमा उत्रेका छन् ।

निर्वाचन आयोगले बिहीबारदेखि आचारसंहिता लागू गर्ने घोषणा गरेपछि मन्त्रालयले बुधबार रातारात कर्मचारी सरुवा गरेको सम्बद्ध स्रोत बताउँछ ।

मन्त्रालयले राजपत्रांकिततर्फ ९४ उपसचिव र ३५ अधिकृत गरी एक सय २९ तथा राजपत्रअनंकित (खरिदार, नायवसुब्बा र कार्यालय सहयोगी) गरी झन्डै एक सय ४० कर्मचारी सरुवा गरेको छ ।

सरुवाको लिष्ट गुपचुप राखिएको छ । स्रोतका अनुसार मन्त्री, सचिव नभएको बेला कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव बलराम रिजालको नेतृत्वमा कर्मचारी मनपरी रुपमा कर्मचारीको सरुवा गरिएको बताइन्छ ।