क्षेत्र-निर्धारण प्रतिवेदन विवादमा, उपेन्द्रले जारी गरे विरोध-विज्ञप्ति !

क्षेत्र-निर्धारण प्रतिवेदन विवादमा, उपेन्द्रले जारी गरे विरोध-विज्ञप्ति !


पूर्वन्यायाधीश कमलनारायण दास अध्यक्ष रहेको क्षेत्र निर्धारण आयोगले तयार पारेको प्रतिवेदन विवादमा परेको छ ।

भूगोल र जनसंख्याको अनुपात नमिलाइ तयार गरिएको भन्दै दलहरुले प्रतिवेदन सच्याउन माग गरेका छन् ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार विज्ञप्ति निकालेर आयोगको प्रतिवेदन त्रुटीपूर्ण रहेको दाबी गरे ।

विज्ञप्तिमा एकाउन्न प्रतिशत जनसंख्या रहेको तराई मधेसमा क्षेत्र निर्धारण गर्दा राजनीतिक पूर्वाग्रहको आधारमा ४७ प्रतिशतमा सीमित गरी मधेसी र गैरमधेसी समुदायको बर्चस्व कायम गर्ने गरी अधिकांश क्षेत्रको पुनर्संरचना गरिएको उल्लेख छ ।

आयोगले गत बुधबार सरकारलाई क्षेत्र निर्धारण गरिएको प्रतिवेदन बुझाएको थियो ।

आयोगले एक नम्बर प्रदेशमा २८, २ नम्बर प्रदेशमा ३२, ३ नम्बर प्रदेशमा ३३, ४ नम्बर प्रदेशमा १८, ५ नम्बर प्रदेशमा २६, ६ नम्बर प्रदेशमा १२ र ७ नम्बर प्रदेशमा १६ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।

सो प्रतिवेदन सरकारले निर्वाचन आयोगलाई बुझाइसकेको छ ।

यता कांग्रेस एमाले माओवादी भित्रका केही नेताहरुले समेत आयोग प्रतवेदनप्रति असन्तुष्टी जनाइसकेका छन् ।

उपेन्द्रले निकालेको विज्ञप्ति…