चुनावमा भाग लिएपनि हाम्रो आन्दोलन जारी छ : उपेन्द्र यादव

चुनावमा भाग लिएपनि हाम्रो आन्दोलन जारी छ : उपेन्द्र यादव


संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलन जारी रहेको बताएका छन । उनले हाम्रो पार्टी चुनावमा भाग लिएपनि आन्दोलन नरोकिएको बरु चुनावलाई हामिले बिभिन्न पदका लागि नभइ आन्दोलनकै स्वरुपको रुपमा लिएको बताए ।

संविधानमा मधेसीको पहिचान उल्लेख नभएकोले संविधान संशोधन अपरिहार्य भएता पनि सोहि उल्लेख गराउन आन्दोलनको यस्तो स्वरुप रोजेको बताए । महोत्तरीको श्रीपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने ‘आन्दोलन हाम्रो जारी छ, चुनावपनि आन्दोलन नै हो ।’

देशको हरेक निकायमा मधेशी समुदायको समानुपातिक सहभागिता नहुन्जेलसम्म आन्दोलन जारी रहने छ उनले भने ‘यो स्थानिय चुनाव हो र सत्तासंचालकसंग कुनै इमान्दारिता छैन त्यसैले हामि जनतामाझ आएका छौं ।
त्यस्तै, कार्यक्रममा २०३६ सालदेखि नेपाली कांग्रेसमा सक्रिय रहेका तत्कालीन कटैया गाविसका पुर्व अध्यक्ष महेन्द्र यादवको नेतृत्वमा रहेका कार्यकर्ताहरुलाई पार्टी अध्यक्ष यादवले फूलमाला, अविर लगाएर पार्टीमा प्रवेश गराएका थिए ।