भारतको दार्जिलिङ फेरि अशान्त, एक महिलाको मृत्यु

भारतको दार्जिलिङ फेरि अशान्त, एक महिलाको मृत्यु


भारत स्थित पश्चिम बङ्गालको दार्जिलिङ फेरि एकाएक अशान्त बनेको छ । बिद्रोही नेता विमल गुरुङको समर्थनमा जुलुसमा निस्किएका ४८ वर्षीया आन्दोलनकारी रमोला राईको प्रहरीको कुटाईबाट मृत्यु भएपछि अहिले दार्जिलिङको स्थिति तनावपूर्ण भएको छ ।

छुट्टै राज्य गोर्खाल्याण्डको माग गरिरहेको मुख्य आन्दोलनकारी दल गोर्खा जनमुक्ति मोर्चाका केही नेतृत्व मुद्दालाई पाखा लगाउँदै राज्यको नजिक गएपछि बिहीबार बेलुकीदेखि जनता सडकमा उत्रेर विरोध प्रदर्शन गर्न थालेका छन् ।