अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित विजयी

अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित विजयी


माओवादी एकताकेन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को अध्यक्षमा रन्जित तामाङ निर्वाचित भएका छन् । प्रतिष्पर्धी अनिल शर्मालाई २३ मतले पछि पार्दै तामाङ विजयी बनेका हुन् । लामो समयदेखि विद्यार्थी राजनीतिमा संलग्न झापाका रञ्जित तामाङलाई माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनको विशेष समर्थन रहेको र गृहमन्त्री जनार्दन शर्माका सहोदर भाइ अनिल शर्मा प्रवल प्रतिद्धन्द्धी रहेको चर्चा आरम्भदेखि नै संगठनभित्र चलाईएको थियो ।

ज्ञात रहोस्, अखिल क्रान्तिकारीको इतिहासमा पहिलो पटक निर्वाचनमार्फत् अध्यक्ष छानिएका हुन् ।