जग्गा फिर्ता प्रक्रिया नरोकिए आन्दोलन गर्ने

जग्गा फिर्ता प्रक्रिया नरोकिए आन्दोलन गर्ने


काठमाडौं । माओवादीको जनबर्गीय संगठनको मोहन बैद्य किरण पक्षले द्वन्द्वकालमा कब्जा गरिएको जग्गा फिर्ता प्रक्रिया नरोकिए आन्दोलन गर्ने चेतावनी दिएको छ । सम्पूर्ण पार्टीहरुबाट सहमितस्वरुप पारित भइसकेको नियमलाई रोक्न, वैद्य पक्ष लालायित भएको एकातिर देखिएको छ भने अर्कोतिर वैद्य पक्ष आधिकारिक रुपमा नै अलग माओवादी भई सार्वजनिक हुनुपर्ने वाध्यता स्पष्ट देखिएको छ, नत्र माओवादी पार्टीभित्रै बसेर त्यही पार्टी नीतिअनुरुप नरहनु र अलग मतलाई बाहिर सार्वजनिक गर्नु भनेको जनतालाई गुमराह पार्ने वैद्य पक्षको लक्ष हो भनेर मान्न सकिन्छ ।

अखिल नेपाल किसान महसंघ क्रान्तिकारीसहितका १६ वटा बर्गीय संगठनको बैद्य पक्षले मंगलबार संयुक्त विज्ञप्ती जारी गरी भूमिहीनहरुको समस्या समाधान नगरी ‘जग्गा फिर्ता’ गर्ने काम शान्ति प्रक्रियाविरुद्ध भएको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । यसबाट निस्कने परिणामको भागेदारी सरकार, जग्गा फिर्ताका योजनाकार हुने विज्ञप्तीमा उल्लेख छ । सर्वहारावर्गको अग्रदस्ता माओवादीका अध्यक्ष प्रचण्ड सामन्त जमिन्दारहरुका नाइकेहरुलाई साथमा लिएर जग्गा फिर्ता गर्ने अभियानका अभियन्ता बनेको भन्दै विज्ञप्तीमा प्रचण्ड उहाँ कम्युनिष्ट पार्टीको नेता कि सामन्त वर्गको दलाल भन्ने प्रश्न चिन्ह खडा गरिदिएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको -‘प्रचण्ड सामन्त जमिन्दारहरुका नाइकेहरुलाई साथमा लिएर जग्गा फिर्ता गर्ने अभियानका अभियन्ता बन्नुले उहाँ कम्युनिष्ट पार्टीको नेता कि सामन्त वर्गको दलाल भन्ने प्रश्न चिन्ह खडा गरिदिएको छ ।’

माओवादी जनबर्गीय संगठनको बैद्य पक्षले जसको जोत उसको पोतको नीति लागू गर्न र क्रान्तिकारी भूमिसुधार लागू गरी नेपालको भूमिसम्बन्धी समस्या समाधान गर्न माग गरेको छ ।-देब, काठमाण्डौं, मेस