प्रतिबन्धित ६८ लाख भारु प्रहरीको नियन्त्रणमा

प्रतिबन्धित ६८ लाख भारु प्रहरीको नियन्त्रणमा


प्रहरीले प्रतिबन्धित ६८ लाख भारु सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।  महानगरीय प्रहरी अपराध महाशाखा टेकुले हजार र पाँच सय दरका प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको हो ।

काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोक क्षेत्रमा अवैध भारु बोकेर हिँडिरहेका बाँकेका कृष्णकुमारी शर्मा र गोरखाका अर्जुन भण्डारीलाई शनिबार पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखा टेकुले आइतबार पत्रकार सम्मेलन गरी जनाकारी गराएको छ ।

उनीहरुबाट बरामद अवैध भारु ६८ लाख २० हजार रहेको महाशाखाले जनाएको छ । सर्वसाधारणहरुलाई ठगी गर्ने उद्देश्यले हिँडिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।