आचार्य सन्तोष बशिष्ट एशियाकै ‘बेष्ट आष्ट्रोलोजर’ घोषित

आचार्य सन्तोष बशिष्ट एशियाकै ‘बेष्ट आष्ट्रोलोजर’ घोषित


नेपालका ख्यातिप्राप्त ज्योतिषी आचार्य सन्तोष बरिशष्ट एसियाकै ‘बेस्ट आस्ट्रोलोजर २०१७’ घोषित भएका छन् । इण्डोनेशियाको सुन्दर शहर बालीमा आज भदौ १८ गते शुरु भएको एशियाका ज्योतिषीहरूको सम्मेलनले सन्तोष बशिष्टलाई उक्त सम्मान प्रदान गर्ने निर्णय लिएको हो ।

एशियन एस्ट्रोलोजर्स काङ्ग्रेस र विश्व ज्योतिष महासङ्घको आयोजनामा भएको सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का, मलेसिया, थाइल्याण्ड र म्यानमारलगायतका मुलुकहरूबाट ख्यातिप्राप्त ज्योतिषीहरूको सहभागिता रहेको छ । सम्मेलनमा एशियाभरिका करिव चार सय ज्योतिषीहरूले भाग लिएका छन् ।

ज्योतिष क्षेत्रमा राम्रो अनुसन्धानात्मक कार्य गर्नेलाई ‘बेस्ट आस्ट्रोलोजर’ घोषणा गरिँदै आएकोमा यो वर्ष उक्त सम्मानका लागि नेपालका ख्यातिप्राप्त ज्योतिषी आचार्य सन्तोष बशिष्ट चयन भएका हुन् ।