राप्रपाले कांग्रेस, माओवादीसँग चुनावी तालमेल नगर्ने

राप्रपाले कांग्रेस, माओवादीसँग चुनावी तालमेल नगर्ने


राप्रपाले कांग्रेस, माओवादीसँग चुनावी तालमेल नगर्ने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस माओवादी बाहेक अन्य राष्ट्रवादी शक्तिसित सहकार्य गरिने स्पष्ट पारेका हुन ।

उनले भने,‘राष्ट्रवादी शक्तिसित सहकार्य हुनसक्छ तर कांग्रेस, माओवादीसँग कुनै सम्भव देख्दैन ।’

सरकारले सुरुआतमा एउटै मितिमा दुबै निर्वाचनको मिति घोषणा गरे पनि लगत्तै मंसिरमा दुई मितिमा प्रदेश र प्रनितिधिसभाको निर्वाचन घोषणा गरिएकामा थापाले शंका व्यक्त गरे ।

आज कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, ‘चुनावको मिति हेरफेर गर्नुले निर्वाचन आयोगको विश्वसनीयतामाथि प्रश्न खडा भएको छ ।’ नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा छानबिन प्रक्रिया अगाडि बढाएर दोषीलाई कारबाहीको दायरामा ल्याउन थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसित माग गरे ।

सो अवसरमा आगामी दिनमा मेची महाकाली जागरण अभियान, सात वटै प्रदेशमा सनातन धर्म सभालगायत कार्यक्रम गर्ने तयारीमा पार्टी जुटेको थापाले जानकारी दिए ।