मोदीको क्याबिनेट विस्तार : ९ नयाँ अनुहार, अन्यको जिम्मेवारी हेरफेर

मोदीको क्याबिनेट विस्तार : ९ नयाँ अनुहार, अन्यको जिम्मेवारी हेरफेर


भारतको मन्त्रिपरिषदमा आइतबार १३ मन्त्रीहरुले शपथ लिएका छन् । यसमा चार जना क्याबिनेट तथा ९ राज्यमन्त्री रहेका छन् ।  तीन मन्त्री मध्यप्रदेश कर्नाटक र राजस्थानबाट पनि रहेका छन् । त्यहाँ एक वर्षभित्र चुनाव हुँदैछ ।

साथै, प्रधानमन्त्री नरेन्द्र मोदीले बर्तमान केहि महत्वपुर्ण मन्त्रिहरुको समेत जिम्मेवारीलाई फेरबदल गरेका छन् । जसमा नितिन गडकरी, स्मृति इरानी, सुरेश प्रभु लगायतको जिम्मेवारी हेरफेर गरिएको छ ।

एबिपि न्यूजका अनुसार मन्त्री मण्डलका लागि चुनिएका ९ नयाँ मन्त्री विभिन्न पृष्ठिभूमिका रहेका छन् । मन्त्रीहरुको छनौट गर्दा उनीहरुको अनुभवलाई ध्यानमा राखिएको छ ।

४ मन्त्रीहरु पूर्व आइएएस, आइपीएस र आइएफएस अफिसर रहेका छन् ।  १३ मन्त्रीमध्ये ४ जनालाई प्रमोशन गरिएको हो भने बाँकीलाई राज्यमन्त्रीको रुपमा सपथ खुवाइएको छ ।

यस्ता छन् नयाँ  मन्त्रीहरु : 

हरदीप सिंह पुरी (६५ वर्ष)
सन् १९७४ को ब्याचका इन्डियन फरेन सर्भिस अफिसरको करियर ४० वर्षभन्दा धेरै लामो छ । उनी भारतका लागि संयुक्त राष्ट्रसंघमा सन् २००९ देखि २०१३ सम्म स्थायी प्रतिनिधि रहेका थिए । उनी भारतका लागि ब्राजिल र बेलयातका राजदूत पनि भइसकेका छन् । उनी दिल्लीको हिन्दु कलेजबाट पढेका हुन् ।

अल्फोन्स कन्नानथानम (६४ वर्ष)
मोदी सरकारमा उनी पहिलो मल्याली अनुहार हुन् । दिल्ली विकास प्राधिकरणको नेतृत्व गर्दा उनी ‘डेमोलिसन म्यान’ भनेर चिनिन्थे । सन् १९७९ को आइएएस ब्याचको उनी करेला कडेर हुन् ।

सत्यापाल सिंह (६१ वर्ष)
मुम्बाई प्रहरीका पूर्व कमिस्नर पहिलो पटक सांसद बनेका हुन् । जाइन्ट किलर उपमाले चिनिएका उनले आरएलडीका नेता अजित सिंहलाई उत्तर प्रदेशको बगपटबाट चुनाव लडेका थिए । मुम्बाईमा अपराध सिन्डिकेट तोड्न उनले मुख्य भूमिका खेलेको बताइएको छ । उनी एमएससी र केमिस्ट्रीमा एमफिल गरेका छन् । उनले नक्सालिजममा पीएचडीमा गरेका छन् ।

शिव प्रताप शुक्ला (६५ वर्ष)
उनी उत्तरबाट राज्य सभाका सांसद उनी राज्य एसेम्बलीमा लगातार चार पटक निर्वाचित भएका थिए । उनले अखिल भारतीय विद्यार्थी परिषदमा विद्यार्थी नेताबाट राजनीतिक करियरको शुरुवात गरेका थिए । उनी उत्तर प्रदेशमा आठ वर्ष मन्त्री पनि थिए । संकटकालका बेला उनी जेल पनि परेका थिए ।

अश्विनी कुमार चौबे (६४ वर्ष)
‘घर घरमा शौचालयको निर्माण, अनि मात्र हुन्छ छोरीको कन्यादान’ नामक चर्चित नारा चौबेले ल्याएका थिए । बिहारबाट लोकसभाका सांसद उनी राज्यका पूर्व स्वास्थ्यमन्त्री थिए । उनी विहारको संसदमा ५ वर्ष लगातार निर्वाचित भएका थिए ।

अनन्तकुमार हेग्डे (४९ वर्ष)
उनी पाँच पटक कर्नटकाबाट लोकसभाको सांसद भएका छन् । उनी तेक्वान्दो र कोरियन मार्सल आर्टस् पनि जान्दछन् । सन् २०१६ मा द्वेषपूर्ण भाषण दिएको अरोपमा उनीविरुद्ध मुद्दा पनि दायर भएको थियो । २८ वर्षकै उमेरमा उनी पहिलो पटक निर्वाचित भएका थिए ।

राज कुमार सिंह (६४ वर्ष)
उनी बिहारबाट लोकसभाका एमपी हुन् । उनी सन् १९७५ को ब्याचको आइएएस अफिसर हुन् । उनी पूर्व गृह सचिव हुन् ।

गजेन्द्र सिंह शेखावत (वर्ष ४९)
उनी जोधपुरबाट लोकसभाका सांसद हुन् । उनी समाजिक सञ्जालमा निकै सक्रिय छन् । ब्लगिङ वेभसाइट कोरामा उनको हजारौँ फलोअर्स रहेका छन् ।

वीरेन्द्र कुमार (६३ वर्ष)
वीरेन्द्र कुमार मध्य प्रदेशबाट लोक सभाका सांसद हुन् । जेपी आन्दोलनमा उनको संलग्नता थियो । बाल श्रममा उनले पीएचडी गरेका छन् ।