देशभित्रकै अस्पताललाई सवल बनाउने घोषणा

देशभित्रकै अस्पताललाई सवल बनाउने घोषणा


वीर अस्पतालको को उपचारपछि वीर अस्पतालबाट डिस्चार्ज हुने क्रममा स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले देशभित्रकै अस्पताललाई सवल बनाउने घोषणा गरेका छन् ।

उनले भने, ‘म यहाँ त्यतिकै आएको छैन । यहाँ बसुञ्जेल यहाँ कार्यरत चिकित्सक , नर्स, व्यारामेडिक्स लगायत न्याम्सबारे नजिकबाट थाहा पाउने अवसर पाएको छु । अब मन्त्रालय फर्केलगत्तै सरकारी अस्पतालहरुको नितिगत सुधारको दायित्व थपिएको छ ।’

साथै उनले आफू वीर अस्पतालमा रहँदासम्म त्यहाँ कार्यरत चिकित्सक, नर्स तथा प्यारामेडिक्स तथा न्याम्सका पदाधिकारीसँग नजिक हुने अवसर पाएको जिकिर गर्दै अब मन्त्रालय फर्किएसँगै नितिगत सुधारको जिम्मेवारी थपिएको बताएका छन् ।

एक सातादेखि वीर अस्पतालको भीआई कक्षमा उपचार गरी आज डिस्चार्ज हुने क्रममा स्वास्थ्य मन्त्री पोखरेलले वीर अस्पतालप्रति आफ्नो विश्वास रहेकै कारण आफूले मन्त्री नहुँदा पनि सोही अस्पतालबाट सेवा लिने गरेको जानकारी दिए ।

मन्त्री पोखरेलले भने, ‘वीर लगायत सरकारी अस्पतालले सेवा दिन सक्छन् भन्ने विश्वास भएरै म यहाँ आएको छु र त्यही विश्वास सिलएरै र्फकदैछु । देश भित्रका संस्थाहरुलाई सबल बनाउनु पर्छ र त्यो आफू सामेल भएरै सबल हुन्छ भन्ने मेरो विश्वास हो ।’

उनलाई डा. सुरेन्द्रलाल श्रेष्ठ नेतृत्वको चिकित्सकको टोलीले उपचार गरेका थिए । उपचारमा डा. अशेष ढुङ्गाना, डा. मनिल रत्न बज्राचार्य , डा. अनिल बराल, डा. आरके शाह तथा डा. सुनिल कोइरालाको समेत संलग्नता रहेको थियो ।

बीर अस्पतालले स्वास्थ्यमन्त्री पोखरेललाई मौसमी रुघाखोकी एच् वान एन् वान संक्रमण भएको जनाएको छ । अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतका अनुसार, मन्त्री पोखरेललाई सामान्य ज्वरो आउनुका साथै रुघाखोकी तथा माथिल्लो स्वास्थ्य प्रस्वास प्रणाली सम्बन्धी संक्रमण भएको थियो ।

#तस्विर : फेसबुक