काठमाडौं । एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले द्वन्द्वकालमा कब्जा भएका घरजग्गा फिर्ता गर्ने पार्टीको निर्णय नभई अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा। बाबुराम भट्टराईको ब्यक्तिगत भएको भन्दै त्यसलाई नमान्ने चेतावनी दिएकाछन् । शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा मोहन बैद्य किरण पक्षमा रहेका सचिव गजुरेलले जग्गा फिर्ता गर्ने पार्टीको निर्णय नभएको भन्दै घरजग्गा फिर्ता भए फेरि कब्जा हुँदै जाने बताएकाथिए । कम्यूनिष्ट पार्टीमा ब्यक्तिको हुकम मानिंदैन, जनवादी केन्द्रीयता मानिन्छ । पार्टीको निर्णय नभएकोले यो कार्यान्वयन हुँदैन ।’ भन्दै किसानलाई विकल्प नदिई घरजग्गा फिर्ता गर्न नहुने भन्दै उनले विकल्पविना जग्गा खोस्ने पार्टी कम्यूष्टि पार्टी नै नरहने चेतावनी दिएकाथिए । संविधानसभाको म्यादसम्बन्धी निर्णय राजनीतिक विषय भएको भन्दै दलहरुले नै निर्णय गर्नु पर्ने बताउने गजुरेलले अदालतले एउटै विषयमा बारम्बार फरक-फरक कुरा बोल्दै अदालतकै गरिमामा गम्भीर असर पर्ने जनाएकाथिए। -देब, मेस, काठमाण्डौं
प्रतिक्रिया