तमू टु क्हृयाप्री गुरुंगहरुका वार्षिक भेटघाट

तमू टु क्हृयाप्री गुरुंगहरुका वार्षिक भेटघाट


फार्नबोरोह । राजु गुरुंगको अध्यक्षतामा अस्ति २६ तारिख ओकफाम कम्युनिटि स्कूलमा तमू टु क्हृयाप्री भाइखलकको वार्षिक भेटघाट तथा शुभकामना आदनप्रदानको आयोजना गरिएको थियो, जसमा टु क्हृयाप्री चेलीबेटी, ज्वाइँ, भान्जा-भान्जीहरुलाई पनि आमन्त्रित गरिएको थियो । यसै क्रममा गेसोको अध्यक्ष पदम बहादुर टु क्हृयाप्रोइ गुरुंगलाई ८१ वर्षीया वृद्धाको हातबाट तमू परम्पराअनुसार फेटा लगाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल अधिराज्यबाट यूके बसाइ सरेका सम्पूर्ण टु क्हृयाप्री दाजुभाइहरुबाट लगभग ४०० जनासम्मको उपस्थिति रहेको थियो । रातको अवेरसम्म नाचगान कार्यक्रम चलेको थियो । तमूहरुको जजमानहरुमा टु क्हृयाप्री, पच्यू र वोन्पो लामा गुरुंगहरुका पुरेत वा पण्डित हुन् । त्यसमध्येमा टु क्हृयाप्रीहरुले यूकेमा पहिलो भाइखलकको आयोजना गरेका हुन् ।-याम, मेस
Click here to view the album