हंगकंग । -२०११ नोभेम्वर २७, नेपाली आदिवासी जानजाति पत्रकार संघ हङकङको प्रथम अधिवेशन याउमातेइस्थित हेनरी जील्योङ कम्यूनिटीहलमा सनराइज साप्ताहिक पत्रिकाका सम्पादक भूपेन्द्र चेम्जोङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिको र्सवसम्मत निर्वाचित गर्दै सम्पन्न भएको छ । आदिवासी जनजातिहरुको सवालमा ऐक्यबद्धता र जनजातिहरुको आवाज तथा एकताकालागि विदेशमै रहेर पनि विशेष भूमिका निर्वाह गर्नका खातिर अनिज हङकङको स्थापना गरिएको हो ।
अनिज हङकङको प्रथम अधिवेशनको समुदघाटन प्रमुख अतिथि नेपाली आदिवासी जनजाति पत्रकार संघका संस्थापक सदस्य तथा बरिष्ठ पत्रकार जेबी पुनमगरले दीप प्रज्ज्वलन गरेर उदघाटन गरेकाथिए । कार्यक्रमका प्रमुख अतिथि जेबी पुन मगरले आफनो शुभकामना मन्तव्य काक्रममा वेमेल जनजातिहरुको चारित्रिकविशेष्ता भएकाले कुनै पनि कार्य गर्नका लागि सबैको समर्थन कुरेर बस्नुभन्दा पनि जनजातिका सवाललाई अगाडि बढाउनु पर्ने बताए । व्यक्तिविशेषभन्दा पनि संस्था सबैको र सदाकालागि भएकोले व्यक्ति विशेषमा ध्याय दिन नहुने वताए । किनकि संस्थामा व्यक्ति परिवर्तन भए तापनि संस्था परिवर्तन हुन सक्दैन । उनले थप समसामयिक बिषयमा चर्चा गर्दै हङकङमा रहेका अनलाइन पत्रिकाहरुको गुणात्मक पक्षलाई विशेष सुधार्नु पर्नेमा आफनो सुझाब दिएका थिए ।
उक्त कार्यक्रममा नेपाली आदिवासी जनजाति महासंघ नेपालका पूर्व सचिव भक्त बहादुर दुरा, हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापामगर, च्याम्बर अफ कमर्स हङकङका उपाध्यक्ष डासुराम पराजुली, आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष तथा मगर संघ हङकङका अध्यक्ष एमबी थापामगरलगायतले जनजातिहरुको हकहितको सवालमा चर्चा गर्दै अनिज हङकङको प्रथम अधिवेशनको पूर्ण सफलताको शुभकामना दिएका थिए ।
अनिज हङकङको प्रथम अधिवेशनमा विभिन्न संघ संस्थाका अध्यक्ष तथा हङकङमा संचालित अनलाइन तथा साप्ताहिक पत्रिकाका संचालकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा एभरेष्ट साप्ताहिक, एचके नेपाल डटकम र आलोपाले डटकमका प्रतिनिधिहरुको उपस्थिति रहेका थिएनन् ।
अनिज हङकङको प्रथम अधिवेशनको सभापतित्व तदर्थ समितिका संयोजक तथा सनराइज साप्ताहिकका सम्पादक भूपेन्द्र चेम्जोङ रहेका थिएभने संचालन तदर्थ समितिका सचिव तथा मूलवाटो डटकमका अधि राज राई “प्रकाश”ले गरेकाथिए । उक्त कार्यक्रममा उपस्थित महानुभावहरुलाई तदर्थ समितिका सदस्य तथा हङकङ नेपाली डटकमका टिम प्रमुख नेत्र पहराई मगरले आफनो मन्तव्य सहित स्वागत गरेकाथिए ।
अनिज हङकङको प्रथम अधिवेशनमा र्सवसम्मत निर्वाचित कार्यसमिति यस प्रकार रहेको छ । जसको निर्वाचन मण्डलका प्रमुखमा किरात राई पत्रकार संघ हंगकंग शाखाका अध्यक्ष किन्दर राई र मोती चाम्लिङ सदस्य रहेका थिए ।
१। अध्यक्ष।- भूपेन्द्र चेम्जोङ -सनराइज साप्ताहिक पत्रिका
२। उपाध्यक्ष।- नेत्र पहराई मगर -हङकङ नेपाली डटकम
३। महासचिव।- अधिराज राई -मूलवाटो डटकम
४। सचिव।- नरेश सुनुवार -बगैचा डटकम
५। कोषाध्यक्ष।- सन्तोष तामाङ -नेप्सटाइम डटकम
सदस्यहरुमा -६। भीम बहादुर थापामगर -राज्यसत्ता डटकम, ७। कृष्णराज लावती -बगैचा डटकम, ८। मुककाजी गुरुङ-नेप्सटाइम डटकम, ९। रीता गुरुङ -जेपीटीएचके डटकम, १०। कल्पना तुम्रोक -मूलवाटो डटकम, ११। गज बहादुर गुरुङ -डीसीनेपाल डटकम, १२। लक्ष्मण गुरुङ -जेपीटीएचके डटकम, १३। रुद्र नाल्वो -सनराइज साप्ताहिक पत्रिका
-अधिराज, हंगकंग, मेस
प्रतिक्रिया