क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद

क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद


काठमाडौंको क्षेत्रपाटीबाट अवैध रुपमा ल्याइएको ८८ किलो सुन प्रहरीले बरामद गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले ८८ किलो सुनसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले दिएको जानकारीअनुसार उक्त सुन चिनियाँ नागरिकको भएको बताइएपनि पुष्टि भने हुन सकेको छैन ।

राति दुई बजेतिर प्रहरीले उक्त सुनसहितको गाडी पक्राउ गरेको हो । बा १७ च ६४२७ नम्बरको टाटा सफारीमा लुकाइ राखिएको सुन बरामद गरिएको प्रहरीले जनाएको छ । चालक मकवानपुरका मनोज अधिकारी भएको प्रहरीले जानकारी दिएको छ । चालक, सुन र गाडीलाई पक्राउ गरी टेकुमा राखिएको छ ।

भन्सार छली गरेर ल्याइएको सुनमध्ये यसरी पक्राउ गरिएको यो सबैभन्दा धेरै हो । यसअघि अघिल्लो सातामात्रै १५ किलो सुनसहित पक्राउ गरेको थियो भने गतवर्ष २२ किलो सुनसहित पक्राउ परेका थिए ।