अन्ततः पछि हटे कांग्रेस सांसद

अन्ततः पछि हटे कांग्रेस सांसद


व्यवस्थापिका संसदअन्तर्गतको राज्य व्यवस्था समितिका सभापती दिलबहादुर घर्तीले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक–०७४’ र ‘प्रदेशसभा सदस्य निर्वाचन विधेयक–०७४’ पारित भएको बताउनुभएको छ ।

उहाँले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार भएको विधेयकमा कांग्रेस संसदहरुले राखेका केही प्रस्ताव फिर्ता लिएपछि उक्त विद्येयक संसदीय समतिले पारित गरेको घटना र विचारलाई जानकारी दिनुभयो ।

व्यवस्थापिका संसद्ले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि तयार भएको विधेयक राज्यव्यवस्था समितिमा दफावार छलफलका लागि पठाएको थियो ।

निर्वाचन आयोगले चाडोभन्दा चाडो यो विधेयक पारित गर्न आग्रह गरेपछि यो विधेयक अघि बढ्न सकेको थिएन । यो विद्येयक पारित भएसँगै अब निर्वाचन सम्वन्धि कानुन बनाउन बाटो खुलेको छ ।