‘ब्ल्याक टी-सर्ट मुभमेन्ट’को तयारी

‘ब्ल्याक टी-सर्ट मुभमेन्ट’को तयारी


स्वदेशमै रोजगारीको ग्यारेण्टी गर्नुपर्ने, बन्द उद्योग सञ्चालन, खेलखेलाडीको सम्मान, युवा बेच्न बन्द गरिनुपर्ने, मुलुकलाई सुहाउँदो शिक्षा प्रणाली लागू गर्नुपर्ने, व्यवसायी र लगानीको सुरक्षा हुनुपर्ने लगायतका माग अघि सार्दै युवाहरुको एक संस्था राष्ट्रवादी केन्द्र नेपालले ‘बल्याक टिसर्ट मुभमेन्ट’ सञ्चालन गर्ने भएको छ ।

आगामी शनिबार आउँदो शनिबार (२४ भदौ) सो संस्थाले भृकुटीमण्डपबाट ऱ्याली निकाल्ने तयारी गरेको बताइएको छ ।

सरकारलाई दबाब दिनका निम्ति उक्त मुभमेन्ट आयोजना गरिएको र ऱ्यालीमा हजारौँको सहभागी रहने अपेक्षा आयोजक संस्थाले गरेको छ ।