प्रदेश र केन्द्रिय संसद निर्वाचनको बाटो खुल्यो

प्रदेश र केन्द्रिय संसद निर्वाचनको बाटो खुल्यो


व्यवस्थापिका संसदबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचन विधेयक पारित भएसँगै आगामी मंसिर १० र २१ गते निर्धारित निर्वाचनका लागि बाटो खुलेको छ ।

राज्यव्यवस्था समितिबाट सोमबार नै विधेयक संसदमा पुगेको थियो । संसद बैठक आगामी २३ गते एक बजेसम्मका लागि स्थगित भएको छ ।

निर्वाचन आयोगले छिटो विधेयक पारित गर्न माग गर्दै सरकारलाई ताकेता गर्दै आएको थियो । सो विधेयक पारित गर्न प्रस्ताव गृहमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेका थिए ।