सर्लाहीका अर्को यादव पनि माओवादी प्रवेश गर्दैै

सर्लाहीका अर्को यादव पनि माओवादी प्रवेश गर्दैै


नेपाल लोकतान्त्रिक फोरमका नेता रामेश्वरराय यादव माओवादीमा प्रवेश गरेको केहि दिनपछि अब सर्लाहीकै अर्को एक यादव नेता पनि माओवादीमा प्रवेश गर्ने भएका छन् ।

सर्लाही क्षेत्र नं. ६ मा प्रभावशाली नेताको रुमपा चिनिएका राष्ट्रिय जनता पार्टी नेपालका नेता शिवपुजन राय यादव माओवादी केन्द्रमा प्रवेश गर्न लागेका हुन् ।

माचार श्रोतका अनुसार नेता यादव पार्टीमा प्रवेश गर्नका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कयौंपटक छलफल गरिरसेका छन् ।

यादवले २०६४ सालको सविधानसभा चुनावमा तत्कालिन तमालोपका अध्यक्ष महन्थ ठाकुुरलाई पराजित गरेका थिए । उनी त्यसबेला तत्कालिन मधेशी जनअधिकार फोरम नेपालबाट चुनाव लडेका थिए ।

दोस्रो सविधानसभामा पनि नेपाली काँग्रेसका नेता अमरेशकुमार सिंहलाई टक्कर दिएका थिए भने महन्थ ठाकुरलाई पछाडी पारेका थिए ।

यसअघि सर्लाहीका अर्का नेता रामेश्वर राय यादव पनि माओवादीमा प्रवेश गरेका थिए ।