काङ्ग्रेस र माओवादीले लगाए उम्मेदवारको टुङ्गो

काङ्ग्रेस र माओवादीले लगाए उम्मेदवारको टुङ्गो


हेमशंकर सिंह (राजविराज)

स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको दुई दिन मात्र बाँकी रहँदा नेकपा माओवादी र नेपाली कांग्रेसले केही स्थानीय तहबाहेक सबैको उम्मेदवार टुङ्गो लगाएका छन् ।

नेकपा माओवादी केन्द्रले सप्तरीको १८ वटै स्थानीय तहमा प्रमुख तथा केहीमा उप प्रमुखको उम्मेदवार टुङ्गो लगाएको छ । माओवादी केन्द्रको केही दिनयता बसेको निरन्तरको बैठकले सोमबार केही गाउँ तथा नगरपालिकाको उपप्रमुख बाहेक सबैको प्रमुख तथा उपप्रमुखको टुङ्गो लगाएको हो ।

पार्टीका पोलिटब्यूरो सदस्य एवम् जिल्ला पार्टी संयोजक अशोककुमार मण्डल ‘अमर’ले दिनुभएको जानकारीअनुसार १८ वटै नगरपालिका तथा गाउँपालिकाको प्रमुख तथा उपप्रमुखको उम्मेदवारको टुङ्गो लगाएको तर सार्वजनिक गर्न बाँकी रहेको जनाएका छन् ।

जानकारीअनुसार सुरुङ्गा नगरपालिकाको मेयरमा हरिनारायण चौधरी र उपमेयरमा लक्ष्मी चौधरी, खड्ग नगरपालिकाको मेयरमा जयप्रकाश चौधरी र उप मेयरमा गुन्जेश्वरी कुमारी मण्डल, शम्भुनाथ गरपालिकाको मेयरमा दनालाल चौधरी र उपमेयरमा सुनिता साह, डाक्नेश्वरी नगरपालिकाको मेयरमा करमलाल यादव र उपमेयरमा कोशिला देवी चौधरी, बरसाइन नगरपालिकाको मेयरमा दिलिप यादव र उपमेयरमा बाँकी रहेको, राजविराज नगरपालिकाको मेयरमा अनिस अन्सारी र उपमेयर टुङ्गो लगाउन बाँकी रहेको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा राहुल मण्डल र उपमेयरमा ममता देवी साह, कन्चरुप नगरपालिकाको मेयरमा वंशी चौधरी र उपमेयरमा ममता देवी सरदार तथा सप्तकोशी नगरपालिकाको मेयरमा ध्रुव कार्की र उपमेयरमा राजकुमारी चौधरीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, गाउँपालिकाहरुमा तिरहुतको प्रमुखमा दिनेश यादव र उपप्रमुखमा लालमैनदेवी सरदार, बलान विुलको प्रमुखमा छत्रनारायण यादव र उप प्रमुखमा चानो देवी राम, महदेवाको प्रमुखमा तारणी तिवारी र उपप्रमुखमा उर्मिलादेवी यादव, तिलाठीको प्रमुखमा मुनिलाल मुखिया र उपप्रमुखमा टुङ्गो लगाउन बाँकी, रुपनीमा मुस्तकिम राईन र उपप्रमुखमा बाँकी, कृष्णसवरणको प्रमुखमा बेचन चौधरी र उपप्रमुखमा रमिता साह, छिन्नमस्ताको प्रमुखमा जयप्रकाश यादव र उपप्रमुखमा राजो देवी, विष्णुपुरको प्रमुखमा शिवनारायण यादव वेल्ही चपेनाको प्रमुखमा इब्राहिन मियाँलाई उम्मेदबार टुङ्गो लगाएको संयोजक मण्डलले जानकारी दिनुभयो ।

अन्य बाँकी नगर तथा गाउँपालिकाको उपप्रमुख तथा वडाअध्यक्षहरुको नामावालीसमेत छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।

त्यस्तै नेपाली कांग्रेस पनि केही गाउँपालिका तथा नगरपालिकाको प्रमुख तथा उपप्रमुख बाहेक अन्यको उम्मेदवार टुङ्गो लगाएका छन् ।

कांग्रेसले नगरपालिकाहरूमा राजविराजको मेयरमा ध्रुुवकुमार देव, उपमेयरमा सुशिलाकुमारी यादव हनुमाननगर कंकालिनीको मेयरमा सरोज बिराजी, उप मेयर राजेश्बरीदेवी यादव, सप्तकोशीको मेयरमा कृष्णप्रसाद ढकाल, उपमेयरमा रिताकुमारी चौधरी, डाँक्नेश्वरीको मेयरमा नारायण यादव, उपमेयरमा बाँकी, सुरुंगाको मेयरमा बाँकी र उपमेयरमा सुष्मा चौधरी, बोदेबर्साइनको मेयरमा कर्मैत यादव, उपमेयर उर्मिलादेवी साह, कञ्चनरुपको मेयर बाँकी र उपमेयरमा निरु पोखरेल, खड्ग नगरपालिका र शम्भुनाथ नगरपालिको बाँकी रहेको काँग्रेसका मिडिया सेन्टरले जनाएको छ ।

त्यस्तै, मिडिया सेन्टरले दिएको जानकारी अनुसार गाउँपालिकाहरुमा कृष्णसवरणको प्रमुखमा परशुराम चौधरी, उपप्रमुख मिना चौधरी, महदेवाको प्रमुखमा गजेन्द्र मण्डल, उपप्रमुख संगिताकुमारी यादव, तिरहुतको प्रमुख देवनारायण गोइत, उपप्रमुख गितादेवी यादव, विष्णुपुर प्रमुख निलाम्बर यादव, उपप्रमुख जनजिराकुमारी यादव, बेल्ही चपेना प्रमुख परमानन्द यादव, उपप्रमुख पुष्पमालाकुमारी मण्डल, छिन्नमस्ता प्रमुख कुलानन्द यादव, उपप्रमुख शहिदा खातुन, रुपनीको प्रमुखमा रामनारायण इसर, उपप्रमुख भोलेश्वरी चौधरी, तिलाठी कोइलाडीको प्रमुखमा अरुणकुमार मण्डल, उपप्रमुख अरहुलदेवी मण्डल, बलान बिहुल प्रमुख जितेन्द्रकुमार यादव, उप्रमुख अनितादेवी साहलई उम्मेदवारमा टुङ्गो लगाएको छ ।