यी हुन् सक्कली सुन तस्कर (नामसहित)

यी हुन् सक्कली सुन तस्कर (नामसहित)


– रोशन कार्की

अवैध कारोबारलाई पूर्ण रुपमा नियन्त्रण गर्ने भन्दै सरकारले सार्वजनिक गरेको विभिन्न योजनालाई सरकारी कर्मचारीकै असहयोग रहने गरेको पाइएको छ । सरकारी कर्मचारीकै मिलिमतोमा सुन तस्करी हुने गरेपछि सरकारका यस्ता अभियान या योजना विफल हुँदै आएको छ ।

विनासकारी भूकम्पका कारण बन्द हुनभन्दा अघिसम्म सिन्धुपाल्चोकको तातोपानी भन्सार नाका हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको खासा बजारबाट तस्करी हुँदै आएको सुन अहिले रसुवा भन्सार नाकाबाट नेपाल भित्राउने कार्यमा तीव्रता आएसंगै नेपालमा बसेर अवैध सुनको कारोबार गर्नेको समेत पहिचान भएको छ । 

तातोपानी नाका बन्द भएपछि सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत वर्ष ठूलो परिमाणमा सुन बरामद भएपछि सो योजना विफल भइसकेको थियो । स्थलमार्ग हुँदै पटक पटक सुन बोक्ने भरिया मात्र पक्राउ गरेर बसेको सुरक्षा निकायले अहिलेसम्म असली सुन तस्कर पक्राउ गर्ने आँट समेत गरेको छैन ।।

असली सुन तस्करः
चन्द्रबहादुर बुढा
नरबहादुर गुरुङ
रविन्द्र श्रेष्ठ
दिपक मलहोत्रा
सुरबहादुर श्रेष्ठ
विष्णु खत्री
तेजरत्न शाक्य
यादव अधिकारी (पुर्वडिआइजी)
राजकुमार खड्का
प्रकाश खरेल
विष्णु न्यौपान
छवि भुषाल
गुप्तलाल (रोशन)
हरि खड्का
चूडामणि उप्रेती (गोरे)
रामकिशन अग्रवाल (काले)
अर्जुन खरेल

भारतमा सुनको माग उच्च भएसंगै नेपालको बाटो हुदै भारत पु¥याउने काम सवै नेपाली व्यापारिहरुले भरियाको रुपमा काम गर्दै आएका छन् । नेपालको बाटो हुँदै भारततिर सुनको अवैध निकासीमा तीब्रता संगै पुन पुराना सुन तस्करहरु चीनहुदै नेपालको बाटोबाट दैनिक जसो सुन भारत निर्यात गर्ने गरेका छन । सम्बन्धित निकाय र सुन तस्करहरुकै मिलेमतोमा हुदै आएको सो अबैध कारोबारमा सुन बोक्ने भरिया पक्राउ परेपनि असली सुन तस्कर भने अहिले सम्म सरकारले पक्राउ गर्न आँट समेत गरेको छैन ।  सुन तस्करहरुले हङकङ, युएइ, सिंगापुर र मलेसीयाबाट सुन किनेर तिब्बतको बाटो हुदै नेपाल भित्राउने गरेको छन् ।

सुन भारत लगे बापत तस्करलाई प्रति किलो १५ लाख रुपैयाँ नाफा हुने गरेकाले सो अबैध कार्य नियन्त्रण हुनुभन्दा पनि अझै मौलाएको छ । तस्कर सुत्रबाटै प्राप्त आँकडा अनुसार अहिले दिनहुँ एक सय किलो सुन भारततर्फ अवैध निकासी भइरहेको दाबी गरेको छ । उनीहरु प्रहरीको उच्च पदस्थकै मिलेमतोमा यसरी सुन तस्करी गर्दै आएका छन । सुनका मुख्य नाइके तस्करले प्रतिकिलो ७५ हजार रुपैयाँ कमिसन दिएर स्थानीय व्यवसायी मार्फत सुन तस्कर गरिरहेको भन्सार सुत्रले जनाएको छ । सुन तस्करीमा सक्रिय हुनेमा राजश्व अनुसन्धान विभागका कर्मचारी, व्यापारी दिपक मलहोत्रा, तातोपानीका व्यापारी विष्णु खत्री, नेपाल सुन चाँदी व्यवसायी संघका पुर्वअध्यक्ष तेजरत्न शाक्य रहेको स्रोतको दाबी रहेको छ ।

तत्कालिन मध्यक्षेत्रका प्रहरी प्रमुख डिआइजी यादव अधिकारीको मिलेमतोमा यीनीहरुले सुन तस्करी लाइन खुलाएका थिए । व्यवसायी सुरबहादुर श्रेष्ठ काठमाडौंको नयाँसडकमा सिको फाइभ घडीको कारोबार गर्दै आउका व्यापारि हुन । सुन तस्करीका मामलामा यी साहु प्रख्यात मानिन्छन । अर्का व्यवसायी दिपक मलहोत्रा । नेपालमा मोबाइल बेच्ने संगै अबैध रुपमा सुन तस्करी गरेर अर्वपति बनेको आरोप समेत उनीमाथी लागेको छ

दिपकले सबैपक्षलाई मिलाएर सुन ओसार प्रसारको धन्दा अहिले पनि चलाउँदै आएको आरोप उनी निकट एक व्यवसायीले बताएका छन । स्मरण रहोस, दश वर्षअघि पनि दिपक मलहोत्रा ठूलो काण्डमा फेसेका थिए । त्यसलाई अझैै पनि एलसी काण्ड भनेर चिनिन्छ । डलर खरिद गरेर अवैद्य रुपमा डलर सञ्चय गरेर राखेको आरोप उनी माथी लागेको थियो । उनले सो रकम सुन तस्करीमा प्रयोग गरेको बताइन्छ ।

अर्का सुन तस्कर हुन रविन्द्र श्रेष्ठ । यिनी काँग्रेस पार्टीमा आबद्ध छन । उनी ‘सुन साहु’ का रुपमा प्रख्यात छन् र पुरानै खेलाडी हुन् । सवैलाई ‘जय नेपाल’ भन्दै सुन तस्करी गर्दै आएका छन् । खेतान औद्योगिक घराना पनि सुन तस्करीमा संलग्न रहेको पाइएको छ । त्यसैगरी, विष्णु न्यौपानेले सुन ओसारेरै तीनकुने सुविधानगरमा ‘न्यौपाने टावर’ खडा गरेको आरोप समेत लगाइएको छ । त्रिपुरेश्वरमा रहेको पिपुल्स फाइनान्स डुवाएका छवि भुषाल नाम गरेका व्यवसायीको पनि सुन तस्करी धन्दा अझै चलाइरहेका छन् ।

राजनीतिक संरक्षण पंचायतकालमै सुन तस्करी सुरु भएको हो । २०४२ सालमा सुर्खेतबाट निर्वाचीत राष्ट्रिय पंञ्चायत सदस्य चन्द्रबहादुर बुढा र २०४३ सालमा लमजुङबाट निर्वाचीत नरबहादुर गुरुङले अवैध रुपमा सुन ल्याउँदा ल्याउँदै समातिएपनि नेपालमा सुन तस्करीको धन्धा सुरु भएको तथ्याङक भेटिएको छ । सुन तस्करी मौलाए पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, नाकामा तैनाथ सुरक्षा फौज, राजमार्गमा तैनाथ गरिएका सुरक्षाकर्मीले तस्करी रोक्न परिचालन गरेपनि भरिया बाहेक अन्यलाई नियन्त्रणमा लिने आँट अहिले सम् मगर्न सकेको छैन ।

तत्काल साढे ३३ किलो सुनको मुख्य मालिक गुप्तलाल (रोशन) छवि भुसार, हरि खड्का भएको सिआइबीले जनाएको थियो । तर अहिले सम्म उनीहरुलाई सोधपुछ समेत गर्न प्रहरीले सकेको छैन । भुसाल अहिले दुबई बस्दै आएका छन् । खड्का दुबईस्थित याक एन्ड यती नेपाली रेस्टुरेन्ट तथा याक एन्ड यती सुनपसलका मालिक हुन् ।  लगानी गर्ने चूडामणि उप्रेती (गोरे), रामकिशन अग्रवाल (काले) र अर्जुन खरेल सुन तस्करका खेलाडी हुन ।

राजकुमार खड्का र प्रकाश खरेल पनि सुन तस्करकै कारण अहिले सम्म फरार सूचीमा रहेका व्यक्ती हुन । लाजिम्पाट उत्तरढोकास्थित दरबार रोधीघरमार्फत तस्करीको सुन विभिन्न पसलमा जाने गरेको प्रहरीले पत्ता लगाएको छ । सुन सहित पक्राउ परेका बा १७ च ६४२७ नम्बरको टाटा कम्पनीको गाडीका चालक २४ वर्षीय मनोज अधिकारीले प्रहरीमा उनीसँगै आएको चिनीयाँ नागरिकको सुन हो भनेर बयान दिएपनि चालक समाए मालिकलाई भने उन्मुक्ति दिइएको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले पत्रकार सम्मेलन गरेर ८८ केजी सुन तस्करीका मुख्य नाइके चिनियाँ नागरिक भएको र काठमाडौं आएकाले खोजी कार्य भइरहेको बताए । तर सोही गाडीमा रहेका चीनियाँ नागरिकलाई भने छोडेसंगै प्रहरीको समेत कार्यमा शंका उत्पन्न भएको छ ।
चिनियाँ नागरिक सुन भएको गाडीमा नभइ अर्काे गाडीमा आएको भन्दै आफ्नै भनाई समेत प्रहरीले परिवर्तन गरेको छ ।

२०५४ मंसिर २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीले १ सय केजी सुन बरामत गरेको थियो । अवैध सुन तस्करीको अभियोगमा कोरियन नागरिक युन सोङ र जो कुन ह्वा पक्राउ परेका थिए । २० वर्षपछि प्रहरीले बरामत गरेको अवैध सुनको नै ठूलो परिमाण हो । २०७० असार २५ गते केन्द्रीय अनुसन्धान व्युरोले तातोपानी नाकाबाट बा ३ ख २५८० नम्बरको कन्टेनरमा राखेर राजधानी ल्याउँदै गरेको ३५ केजी सुन र गत पुसमा व्युरोले बिमानस्थल बाहिरबाट दुवईबाट ल्याएको ३३ केजी सुन बरामद गरेको थियो ।

ठूलो परिणाममा अवैध सुन भित्रिनु अर्थतन्त्रका निम्ति घातक हुने गरेको छ । अवैध मार्गबाट सुन भित्रिँदा दुई तरिकाबाट अर्थतन्त्रलाई नोक्सान पुग्ने गरेको छ । पहिलो नेपालभित्र रहेको विदेशी मुद्रालाई अवैध बाटोबाट सुन किन्ने मुलुकमा पु¥याइन्छ जसले विदेशी मुद्राको अभाव देखिन्छ । यस्तो अभ्यासबाट हुन्डी वा अवैध मार्गबाट विदेशी मुद्रा विदेश पठाउने अवैध अभ्याससमेत बढ्छ । दोस्रो घाटा राजस्वमा पुग्छ । वैधबाटोबाट सुन भित्राउँदा राज्यले तोकेको राजस्व तिर्नुपर्ने हुन्छ । तर अवैध मार्गबाट सुन तस्करी हुन थालेपछि राजस्वको स्रोत पनि गुम्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताएका छन् ।