राजधानीमा सडक आन्दोलन हुने

राजधानीमा सडक आन्दोलन हुने


एकीकृत राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राष्ट्रवादी) ले राजधानीमा सडक आन्दोलन गर्ने भएको छ ।

भाद्र २१,२२, २३ गते गते राजसंस्था, हिन्दुराष्ट्र स्थापना एवं मुलुकमा बढ्दै गएको भ्रष्टाचार विरुद्ध सो पार्टीले सडक आन्दोलन गर्न लागेको हो ।

प्रचारप्रसार समितिका अनुसार पहिलो चरणमा राजधानीमा सडक आन्दोलन गर्न लागिएको र यसलाई देशव्यापी गरिने जनाइएको छ । उता यसबारेमा सो पार्टीले आज पत्रकार सम्मेलन गरी जानकारी गराउँदैछ ।