प्रदेश नम्बर २ मा नब्बे सिट ल्याउने राजपाको दाबी

प्रदेश नम्बर २ मा नब्बे सिट ल्याउने राजपाको दाबी


स्थानीय तह चुनावमा प्रदेश नम्बर २ मा ९० सिट ल्याउने राजपाले दाबी गरेको छ । सो पार्टीका महासचिव केशव झाले राजधानीमा भएको एक साक्षात्कारमा उनले भने,‘हाम्रो प्रारम्भिक तयारी र आँकलन भनेको नै ९० सिट जित्ने हो, त्यही अनुसार व्यापक तयारी भैरहेको छ ।’

नेता झाले चुनावको लागि पार्टीले करिब–करिब सबै स्थानमा उम्मेद्धवारहरुको नाम टुँगो लगाएको समेत जानकारी दिए ।

उनले चुनावमा कांग्रेस र संघीय समाजवादी फोरम नेपालसँग ४/५ ठाउँमा तालमेल हुने समेत स्पष्ट पारे । उनले भने,‘केही ठाउँमा माओवादी केन्द्रसँगपनि तालमेल हुन्छ, संभावना बढ्दै गएको छ ।’

त्यस्तै उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल हुनै नसक्ने भन्ने नभएको बताए ।

उनले थपे,‘एमालेसँग वर्जित छैन, अहिलेसम्मको संकेत हेर्ने हो भने तालमेलको संकेत भने देखिएको छैन, तर अनुकुलता हेरेर जोसँगपनि हुन सक्छ ।’