प्लमस्टिड । गत ०४ तारिख, प्लमस्टिडस्थित एसिएन कम्युनिटि सेन्टरमा एक च्यारिटी डिनरको आयोजना गरिएको थियो । गुल्मी समाज यूकेबाट आयोजित सो कार्यक्रममा बेलायतबासी गन्यमान्यहरुको राम्रो उपस्थिति रहेको थियो । नौमती बाजा ब्याण्डको प्रसिद्धी पाएको गुल्मी समाज यूकेका व्याण्डले आगन्तुकहरुलाई प्रभाविपूर्ण स्वागत गरेका थिए ।
नेपाली अपांगहरुको मनोबललाई उकास्न तथा तिनमा मानव जीवनको उज्यालो पन थप्नका लागि विश्व अपांग दिवसकै सन्दर्भमा यहाँ उक्त च्यारिटी डिनरको आयोजना गरिएको हो । उक्त डिनरमा विश्व अपांग दिवसको सन्दर्भको बारेमा विभिन्न वक्ताहरुले आआफ्नो मन्तव्य राखेका थिए भने संस्थाले विभिन्न व्यक्तिहरुलाई प्रमाणपत्र दिई सम्मान पनि व्यक्त गरेको थियो ।
कार्यक्र निक्कै उत्साहपूर्व रातको अवेरसम्म चलेको थियो, सो कार्यक्रममा विभिन्न नृत्यहरुका साथै गीत गायनहरु भएका थिए । च्यारिटी डिनरबाट संकलित रकमलाई नेपालमा अपांगहरुको सहयोगका लागि खर्च गरिने बताइएको छ ।
-कुशल, तस्वीरसहित
वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया