विद्युत् बक्यौता सोह्र करोड पुग्यो

विद्युत् बक्यौता सोह्र करोड पुग्यो


नेपाल विद्युत् प्राधिकरण पोखरा र लेखनाथ वितरण केन्द्रको विद्युत् बक्यौता १६ करोड दुई हजार पुगेको छ ।

सबैभन्दा बढी बक्यौता सडक बत्तीको रहेको छ । सडक बत्तीको बक्यौता भुक्तानी गर्न पोखरा–लेखनाथ महानगरपालिकालाई ताकेता गरिएको कार्यालयका सूचना अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

विद्युत् महशुल उठाउन बाँकी रहेकामध्ये अन्य कार्यालयमा महानगरपालिका कार्यालयको रु एक लाख ९६ हजार, कृषिसँग सम्बन्धित कार्यालयको रु १० हजार र अन्य सरकारी कार्यालयको रु तीन लाख ६८ हजार रहेको छ ।

कार्यालयले आव २०७३/७४ मा विद्युत् महशुल रु एक अर्ब ३२ करोड ६७ लाख ८४ हजार उठाएको छ ।

सो अवधिमा मिटर रिडिङ भएको हप्ता दिनभित्रमै महशुल बुझाउने ग्राहकले रु दुई करोड ९१ लाख ७२ हजार मिनाहासमेत पाएका छन् । कास्कीमा विद्युत् ग्राहकको संख्या ७२ हजार ४०० पुगेको छ ।