माओवादीसँग तालमेल नगर्न पार्टी नेतृत्वलाई आग्रह

माओवादीसँग तालमेल नगर्न पार्टी नेतृत्वलाई आग्रह


स्थानीय तह तेस्रो तहको निर्वाचनका लागि चुनावमा रौतहटका कांग्रेसीहरुले माओवादीसहित अन्य दलसँग तालमेल नगर्न पार्टी नेतृत्व पंक्तीलाई आग्रह गरेका छन् ।

चुनावमा नेतृत्वले माओवदीसँग तालमेलको प्रयास गरिरहेका भन्दै कांग्रेसका कार्यकर्ताले रौतहटको चन्द्रपुर नगरपालिकामा कांग्रेस नेताहरुले चुनावी तालमेल गरे त्यो स्वीकार्य नहुने बताए ।

रौतहट क्षेत्र नम्बर ६ का सचिव बच्चुसाह कानुसहित ७ नेताले मंगलवार विज्ञप्ति जारी गरी चुनावी तालमेल नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेपछि कांग्रेसमाथि थप दबाब पैदा भएको छ ।

विज्ञप्तिमा चन्द्रपुर नगरपालिकाको मेयर, उपमेयरसहित वडाध्यक्ष तथा सदस्य पदमा अन्य पार्टीसँग तालमेल गर्ने निर्णय भएमा निर्वाचनमा भाग नलिने चेतावनी दिइएको छ ।

कांग्रेस नेतृत्वले एमालेको प्रभाव भएको भनिएको राजमार्ग क्षेत्रका विभिन्न स्थानीय तहमा माओवादी केन्द्रसँग चुनावी तालमेलको प्रयास गरिरहेको खबरहरु आइरहेका छन् ।

प्रेस  विज्ञप्ति :