एउटै मञ्चबाट मोदी र सीको उदघोष : ‘मिलेर अघि बढौं’

एउटै मञ्चबाट मोदी र सीको उदघोष : ‘मिलेर अघि बढौं’


मिडियामा निकै चर्चा पाएका डोक्लाम विवादपछि पहिलोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति शी जिनपिङले एउटै मञ्चबाट मिलेर अघि बढ्ने उदघोष गरेका छन् ।

चीनको शियानमेनमा आयोजित ब्रिक्स शिखर सम्मेलनपछि यी दुईबीच पहिलोपट ‘वान टु वान’ वर्ता भएको हो ।

भारतीय विदेश मन्त्रालयका अनुसार, उनीहरुबीच करिब एक घण्टा संयूक्त र एक घण्टा ‘वान टु वान’ भेटवार्ता भएको हो ।

सो भेटमा नरेन्द्र मोदी र शी जिनपिङवीच अंतकवाद, सीमा सुरक्षा, तथा विकासबारे समेत कुराकानी भएको छ । उक्त भेटवार्तापछि दुवै नेताले एउटै पञ्चबाट आपसी सम्बन्धलाई अझ मजबुत गर्दे शान्ति र विकासका लागि सँगै मिलेर अघि बढ्ने उदघोष गरेका थिए ।

दुबै नेताहरुबीच फेरि डोक्लामको जस्तो तनावको अवस्था पैदा नहोस् भन्ने सहमति समेत बनेको बताइएको छ । विवादलाई आपसी छलफलबाट सुल्झाउन पनि चीन र भारत सहमत भएका छन् ।

भारतीय विदेश सचिव एस जयशंकरले भनेका छन्, ‘हामीहरुबीच प्रगतिशील दृष्टिकोण छ । दुबै देशलाई थाहा छ अतितमा के भएको थियो । तर यो विगतको कुरा गर्ने बैठक थिएन । तर पनि सबैकुरा खुलेर भएको छ ।’