लण्डन । ०६ डिसेम्बर २०११ लण्डन- नेपाल बिद्यार्थी संघ (बेलायत)को बैठक ०६ डिसेम्बर २०११ मा उक्त संघका सभापति पी आर घिमिरे (कुशल घिमिरे) को सभापतित्वमा सम्पन्न भयो । उक्त बैठकले ने बि संघ यूकेको सल्लाहकारमा पूर्व नेबिसंघ केन्द्रीय कोषाध्यक्ष हाल एनपीसीसी यूकेका सल्लाहकार तथा एन आर एन यूकेका आइसिसी मेम्बर बिश्व आदर्श पन्डित, एनपीसीसी यूकेका सभापति लोक गुरुङ र एनपीसिसी यूकेका सस्थापक सभापति पुर्षोतम पौडेललाई चयन गरेको छ । साथै उक्त बैठकले आगामी १५ जनवरी २०१२ मा आहिले बेलायतमा विद्यमान टडकारो समस्याको रुपमा देखिएको स्टुडेन्ट भीसा कसरी लम्ब्याउने, बन्द भएका कलेजका विद्यार्थीहरुको पढाइ, कलेज परिवर्तनलगायत यावत बिद्यार्थी समस्याको समाधान गर्नको लागि कानूनी प्रकृया के के हुन सक्दछन् भन्ने उद्देश्यले बिभिन्न कानूनी सल्लाहकार कलेज संचालक तथा बिभिन्न विज्ञको उपस्थितिमा एक अन्तर्कृया कार्यक्रम गर्ने निर्णय गर्यो। त्यसैगरी संबिधान सभा उमेलबार एबम् स्टुडेन्ट लिडर टिका चौधरी को बुवाको दुस्खद निधन प्रति हार्दिक समबेदना प्रकट गर्दै चितवन करागारमा तरुण् दलका चितवन सभापति शिव पौडेलमाथि भएको आक्रमणको खेद प्रकट गर्दै निम्न बिज्ञप्ती जारी गरेको सभापति कुशल घिमिरेले जनाएका छन् ।
–चितवन भरतपुर करगारभित्र तरुणदल चितवनका सभापति श्री शिव पौडेलमाथि भएको संघतिक हमलाप्रति नेपाल बिद्यार्थी संघ (बेलायत) घोर भर्सना गर्दछ,साथै चौबीसै घण्टा प्रहरी सुरक्षाको बलियो घेरा भित्रको आक्रमण सुनियोजित रुपमा भएको छ र यस्तो सामूहिक रुपमा भएको हत्या प्रयासको आक्रमणले आम-नागरिक तथा सर्बसाधारणको सुरक्षा प्रत्याभूति दिलाउन बर्तमान सरकारप्रति गम्भीर प्रश्न उठेको छ । घटनाको यथासीघ्र छानबिन गरी अबिलम्ब घटनामा सङ्लग्न अपराधीलाई कानूनको दायारामा ल्याई कडाभन्दा कडा करबाही गरी बिधिको शासन स्थापित गर्न यो सरकार पूर्ण रुपमा असफल भइसकेको हामीले बुझेका छौ । जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति हुने झुटो आश्वासन दिँदै अपराधिक गिरोहलाई हौसला दिने सरकारले तुरुन्त राजीनामा दिएर जनभावनाको कदर गर्न नेपाल बिद्यार्थी संघ (बेलायत) जोडदार माग गर्दछ । जय नेपाल
नेपाल बिद्यार्थी संघ (बेलायत) सभापति
पी आर घिमिरे (कुशल घिमिरे)
प्रतिक्रिया