यस्ता छन् राजपाका सप्तरी उम्मेदवार

यस्ता छन् राजपाका सप्तरी उम्मेदवार


राजविराज । राष्ट्रिय जनता पार्टी सप्तरीले अन्तिम समयमा आएर मंगलबार स्थानीय तहका १६ वटा उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

राजपाले सुरूङ्गा नगरपालिकाको प्रमुखमा शंकरप्रसादÞ चौधरी र उप प्रमुखमा उषा महतो, खडग नगरपालिकाको प्रमुखमा ननु चौधरी कलवार र उप प्रमुखमा पिंकी कुमारी साह, बोदेवसाककईन नगरपालिकाको प्रमुखमा अमरेन्द्रप्रसाद यादव र उपप्रमुखमा रेणुकुमारी साह, डाक्नेश्वरी नगरपालिकाको प्रमुखमा शिव नारायण साह र उप प्रमुखमा इन्दु देवी यादव, शम्भुनाथ नगरपालिकाको प्रमुखमा चन्दÞकान्त मंडल, राजविराज नगरपालिकाको प्रमुखमा शम्भु यादव र उप प्रमुखमा साधना झा, हनुमाननगर कंकालनी नगरपालिकाको प्रमुखमा शैलेश कुमार साह र उप प्रमुखमा सरिता देवी यादव, कंचनरूप नगरपालिकाको प्रमुखमा माधव प्रसाद चौधरी र उप प्रमुखमा मसीहा खातुनलाई उम्मेदबार बनाएको छ ।

त्यस्तै तिरहुत गाउँपालिकाको अध्यक्षमा विजय कुमार यादव र उपाध्यक्षमा रेखा कुमारी मेहता, बलान विहुल गाउँपालिकाको अध्यक्षमा रामविलास यादव र उपाध्यक्षमा विमला देवी यादव, छिन्नमस्ता गाउँपालिकाको अध्इक्षमा विमला देवी यादव र उपाध्यक्षमा उषा कुमारी मण्डल, बेल्ही चपेना गापाको अध्यक्षमा मुसहरू यादव, बष्णुपुर गाउँपालिकाको अध्यक्षमा मुनी लाल खंग र उपाध्यक्षमा सुगिया देवी यादव, महदेवा गाउँपालिकाको अध्यक्षमा सुनिल कुमार मंडल र उपाध्यक्षमा अचककना कुमारी यादव, तिलाठी कोईलाडी गाउँपालिकाको अध्यक्षमा सतिश कुमार सिंह र उपाध्यक्षमा सुचिता यादव, रूपनी गाउँपालिकाको अध्यक्षमा हरेराम यादव र उपाध्यक्षमा बेचनी देवी सरदारलाई उम्मेदवार बनाएको छ ।
तर शम्भुनाथ नगरपालिको उप प्रमुख र बेल्ही चपेना गाउँपालिकाको उपाध्यक्षको टुङ्गो भने लगाउन सकेको छैन । सप्तकोशी नगरपालिका र कृष्णसवरण गाउँपालिकाको पनि उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।

सबै पार्टीले प्रमुख पदमा पुरुषलाई नै उम्मेदवार बनाए पनि राजपा नेपालले एक गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुवै पदमा महिला उम्मेदवार दिएको छ । पार्टीले छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा विमला देवी यादव र उपाध्यक्षमा उषा कुमारी मण्डललाई उम्मेदवार बनाएको छ ।

तेस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर २ मा होमिएको राजपा पनि पार्टीको आन्तरिक विवाद र विरोधबाट जोगिन सकेको छैन । आन्दोलनकै रुपमा निर्वाचनलाई प्रयोग गर्ने दावी गर्दै आएको राजपाका नेताहरुको अभिव्यक्ति टिकट वितरणपछि उत्पन्न विवादले छताछुल्ल भएको छ । टिकट वितरणमा अध्यक्ष मण्डलले मनमानी गरेको भन्दै राजपाका केन्द्रिय सचिव गजेन्द्र मण्डलले फेसबुक स्टेटस मार्फत राजीनामा घोषणा गरिसकेका छन् । राजपा गठन हुनुअघि राष्ट्रिय मधेश समाजवादी पार्टीमा रहेका मण्डल शरदसिंह भण्डारीको विश्वास पात्र मानिन्छन् ।

राजपाले सप्तरीमा भने दुईजना केन्द्रिय नेताको छोरालाई समेत उम्मेदवार बनाएर पार्टीलाई परिवारको घेराभित्र राख्न पुगेको छ । राजपाका उपाध्यक्ष नवलकिशोर साहले जिल्लाको हनुमाननगर कंकालनी माई नगरपालिकामा आफ्ना छोरा सैलेश साहलाई उम्मेदवार बनाएका छन् भने अर्का उपाध्यक्ष शेखर सिंहले आफ्ना छोरा सतिषकुमार सिंहलाई जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको प्रमुखमा उम्मेदवार बनाएका छन् । राजेन्द्र महतोनिकटका नेता साह दोस्रो संविधानसभाको निर्वाचनमा सदभावना पार्टीवाट सप्तरीको २ नं. क्षेत्रमा उम्मेदवार भएका थिए भने शरदसिंह भण्डारी निकटका सिंह पनि दोस्रो संविधान सभाको निर्वाचनमा सोही क्षेत्रवाट रामसपाका प्रत्यासी थिए । मंसिरमा हुने संसदको निर्वाचनका समेत उनिहरु नयाँ कायम भएको क्षेत्र नं. १ र २ का सम्भावित उम्मेदवार हुन् ।

मधेशको मुद्दालाई स्थापित गर्न नेपाल सदभावना पार्टी गठन गरेका गजेन्द्रनारायण सिंहको तस्बिरसहित यी दुई नेताका ‘उम्मेदवार छोरा’ प्रचारप्रसारमा जुटेका छन् । राजनीतिमा परिवारवादको आजीवन विरोध गर्दै आएका सिंहको तस्बिर प्रयोग गर्नुलाई चुनाव जित्नकै लागि सिंहको उपहास गरिएको रूपमा लिइएको छ ।
– हेमशंकर सिंह