राजस्व अनुसन्धान विभाग दलालको नियन्त्रणमा !

राजस्व अनुसन्धान विभाग दलालको नियन्त्रणमा !


–रोशन कार्की

सरकारले विभिन्न माध्यमबाट हुदै आएको राजस्व चुहावट नियन्त्रण गर्न बनाएको योजना हालसम्म सफल हुन सकेको छैन । अर्थमन्त्रालदेखि आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभागलगायतका कर कार्यालयमा कर्मचारीको भन्दापनि ‘दलाल’ हरुको रजगज चलेका कारण सरकारले तयार पारेको योजना असफल हुने गरेको छ । सरकारले गोप्य रुपमा तयार पारेको राजस्व चुवाहट नियन्त्रण योजनालाई लिपिबद्ध गर्नु अगाडीनै ‘दलाल’ समक्ष सूचना पुग्ने भएकाले सवै योजना विफल हुने गरेको पाईएको छ । कर विभागदेखि कर कार्यालयसम्म कसलाई सरुवा गर्ने भन्ने विषयमा समेत दलालहरुकै ‘सेटिङ’ मा हुने गरेको समेत सम्बन्धित निकायका एक अधिकृतले नाम नलेख्ने सर्तमा दुःखेसो पोखेका छन् ।

सोही कारण राजस्व अनुसन्धान विभागमा पुगेका महानिर्देशक भुपाल बराल र उपमहानिर्देशक यज्ञराज कोइराला माफियातन्त्रको अगाडि निरीह सावित हुनु परेको छ । भन्सार छली तथा राजस्व छलीको आरोपमा नियन्त्रणमा परेका समानको अनुसन्धान गर्नुपुर्वनै दलको विशेष दबावमा अनुसन्धान औपचारीकतामात्र पुरा गर्न र आफु अनुकुल प्रतिबेदन तयार गर्न माफियाहरु लगि पर्ने गरेका छन् । जसका कारण महानिर्देशक निरिह सावित हुन पुगेका छन् ।

सुनतस्करीदेखि सूर्तिखैनी हुँदै भन्सारनाकाबाट भित्रने सामानहरुमा तस्करहरुले विभागको माफियासंगको सहयोगमा सामान भित्राउने गरेको छ । राजस्व अनुसन्धान विभागका क्षेत्रीय कार्यालय पथलैया, बुटवल, इटहरी, कोहलपुरलगायत बढीमात्रामा भन्सारमा दलालकै च्यानल फिट गरी तस्करीको नेटवर्क चलाएको कर्मचारीहरुले बताएका छन् ।

विभिन्न नाकाबाट अबैधरुपमा भित्रिएका सामनलाई सुराकीको आधारमा नियन्त्रणमा लिई अनुसन्धान गर्ने एकमात्र स्थल हो राजस्व अनुसन्धान विभाग । सो विभागमा समान सहितको मालबाहाक गाडि ल्याएपनि लामो समयसम्म अनुसन्धानमै बित्ने गरेको छ । अनुसन्धानकै क्रममा विभागमा रहेका माफियाहरुले न्यूनतम जरिवाना गराई सामान छोड्ने र मुद्दालाई फितलो बनाउने कार्य हुदाँ समेत सम्बन्धित निकायले कडाईका साथ आफ्नो अनुसन्धान गर्न सकेको छैन । जसको असर प्रत्यक्ष रुपमा राजस्व संकलनमा पर्ने गरेको छ ।

अर्कोतर्फ, विभागकै कर्मचारीको गोप्य सहयोगमा विभिन्न नाकाबाट न्यूनमुल्याङकन गरि सामान छुटाउने समेत गरिएको पाईएको छ । आपूर्ति मन्त्री शिवकुमार मण्डलको नेतृत्वमा गत सोमबार गरीएको अनुगमनको क्रममा उपभोक्ता ठगी गरेको भेटिएपछि दबारमार्गका पसलहरु शिलबन्दी गरीएसंगै विभागमा रहेका दलालहरुको छटपटाहट सुरु भएको छ ।

दशैको समयमा आएर पसलमा मन्त्रीलेनै शिलबन्द गरेपछि कर कार्यलयमा रहेका माफियाहरु सो विषयलाई मिलाउन जोडघटाउमा लागेको सूचना प्राप्त भएको छ । भन्सार कर्मचारीको मिलिमतोमा भएको न्यून विजिकरणका कारण दरबारमार्गका पसलहरुमा अत्याधिक मुल्य देखिन आएको एक राजस्व कर्मचारीले बताएका छन् । राजस्व कम तिर्नकालागि गरिएको न्यूनविविकरणकै कारण बजारमा अत्याधिकमात्रामा मुल्य देखिएको राजस्व विभागको ठहर रहेको छ ।

वित्तीय ऐन अनुसार भन्सार विन्दु मुल्य अनुसार आयाति समानमा अधिकतम २० प्रतिशत सम्म मुल्य बढाउन पाउने अधिकार दिएपछि सोही ऐनलाई टेकेर व्यापारिहरुले आफुखुशी मुल्य राखि बिक्री वितरण गर्दै उपभोक्ता ठगी गर्दै आएका छन् ।