काठमाडौं । सरकारले आफ्नो सय दिन सफल रहेको दावी गरेको छ । सरकारले शान्ति र संविधान प्रक्रिया अघि बढाउनुलाई मुख्य उपलब्धि भनेको छ ।सरकारका प्रवक्ता एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले शुक्रबार प्रधानमन्त्रीको कार्यालयमा पत्रकार सम्मेलन गरी शान्ति प्रक्रिया अघि बढाउनु, राज्य पुनःसंरचना आयोग बन्नु र संविधानसभाको म्याद थपिनु सरकारको उपलब्धि भएको बताएकाछन् । विगतमा दलीय सहमति नभएकोले शान्ति र संविधानमा प्रभाव परेपनि धमलिएको राजनीति ७ र ६ बुँदे सहमतिबाट सङ्लिएको सरकारको दावी छ । राज्यपुनसंरचना अयोगलाई चाहिने सबै काममा सहयोग गर्न सरकार तयार रहेको प्रवक्ता श्रेष्ठको भना छ ।
मन्त्री श्रेष्ठले जनतालाई राहत दिने उदेश्यले सुशासनको काम अघि बढाउन ‘हलो सरकार’ सुरु गरेको, अन्तराष्ट्रिय सम्बन्ध सुदृढ बनाउन दुई छिमेकीलाई विश्वासमा लिन सफल भएको लगायतलाई पनि सरकारको सफलता भएको बताएकाछन् ।
आर्थिक अवस्थामा सुधार भएको दावी गर्दै सोधानान्तर स्थितिमा सुधार भएर ३४ अर्ब सञ्चित भएको, मुद्रा स्फिति सामान्य भन्दा धेरै भएको र राजश्व १६ प्रतिशत भन्दा धेरैले बढेको सरकारको दावी छ । शान्ति सुरक्षामा अपेक्षित सुधार भएको दावी गर्दै भ्रष्टाचार विरुद्धको कानून बन्दै गरेको र तत्काल राहतमा २ सय ४३ कार्यक्रम मध्ये धेरै कार्यानवयन भएको तथा समावेशी विधेयकको नयाँ मस्यौदा तयार भइरहेको जानकारी श्रेष्ठले दिएकाछन्।
मधेसी मोर्चा र माओवादीबीच भएको चारबुँदे सहमतिपछि बाबुराम भट्टराई नेतृत्वको सरकार बनेको थियो । सरकार गठन भएको यसैसाता एक सय दिन पुगेको थियो ।
प्रतिक्रिया