टिकट नपाएपछि माओवादी केन्द्र परित्याग

टिकट नपाएपछि माओवादी केन्द्र परित्याग


स्थानीय तह निार्वचनमा टिकटका आकांक्षीहरु आफ्नो दलबाट चाहेको पदमा टिकट नपाएपछि पार्टी नै छोडेर बाहिरिने उपक्रम प्रदेश नम्बर २ मा निकै चलेको छ । यस रोगले माओवादीलाई समेत अछुतो राखेन ।

सप्तरीको अग्नी साइर कृष्णा सवरण गाउपालिकाका अध्यक्षका उम्मेदवारसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरुले आफूले या आफूले चाहेको व्यक्तिले टिकट नपाएकै कारण माओवादी केन्द्र परित्यागको घोषणा गरेका छन् ।

अध्यक्षका आकांक्षी रघुकुमार सिंह थारु र अशोककुमार चौधरी लगायतले संयुक्त प्रेस विज्ञप्ति जारी गरी माओादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्नेहरुमा अध्यक्षका आकांक्षी थारु, चौधरी, जिल्ला सदस्यहरु उचित नारायण चौधरी, सरयुग मंडल, रामदेव शर्मा, घुर्नीदेवी खंग रहेका छन् ।

यसैगरी हरिलाल चौधरी, बुधन प्रसाद चौधरी, मणी ठाकुर, गुगली रजक, जोखन चौधरी, उमाकान्त चौधरी, पुलकित चौधरी, जगुन चौधरी, गेनाई चौधरी, जगदिश झा, कृष्णदेव महतो, बद्री सदा, मिश्रीलाल राम, रामचन्द्र चौधरी, डम्बर सरदार, बैधनाथ यादव, कलानन्द चौधरी, रामप्रसाद चौधरी रहेका छन् ।

पार्टीभित्र चरम गुटबन्दी मौलाउँदै गएको, इमान्दार कार्यकर्तामाथि झुटा आरोप, लान्छना लगाउने, चरित्र हत्या गर्ने, झुटा अभिव्यक्ति दिई स्वाभिमानमा आँच आउने काम गरेकोले पार्टी परित्याग गरेको उनीहरुद्धारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।