अझै २२ विषयमा विवाद

अझै २२ विषयमा विवाद


काठमाडौं, संविधानसभाअन्तर्गतको संवैधानिक समितिले मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समिति र अन्य समितिका प्रतिवेदनमा दोहोरिएका शब्दावलीको विषयलाई एकै ठाउँमा ल्याउन विवाद समाधान उपसमितिलाई जिम्मेवारी दिएको छ। समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा मौलिक अधिकारअन्तर्गतका शिक्षा स्वास्थ्य सामाजिक सुरक्षा अर्थलगायतका विषय मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समिति र संविधानसभाका अन्य समितिहरुमा दोहोरिएको पाएपछि दोहोरो शब्दावली र प्रावधान हटाउने निर्णय गरेको हो। ती विषयमा छलफल गरेर एकै ठाउँमा ल्याउन आवश्यक भए उप-समितिमा कार्यदल बनाएर समेत काम गर्ने सहमति पनि संवैधानिक समितिमा भएको छ। मौलिक अधिकार र अन्य समितिका प्रतिवेदनमा यसअघि भएको सहमति र निर्णयविपरीत शब्दहरु परिमार्जन भएको भन्दै छानबिन गर्न पनि उपसमितिले जिम्मेवारी पाएको छ। मौलिक अधिकारका केही विषयमा शब्द परिवर्तन भएको भन्दै समिति सदस्य लक्ष्मणलाल कर्णले संविधानसभाको निर्देशनमा हो वा सचिवालयले ती शब्दावली परिवर्तन गरेको हो भनेर छानबिन पनि गरिने बताएकाछन् । दलहरुका बीच विवाद रहेका र छलफल गरेर टुंगो लगाएका ५५ वटा विषयलाई उपसमिति संयोजक प्रचण्डले संवैधानिक समितिमा पेस गरेकाछन् । यस विषयमा आगामी पुस-१ गतेबाट संवैधानिक समितिमा छलफल हुनेछ। उपसमितिमा अब २२ वटा मात्रै विषय विवादित रहेका छन्। -देब, काठमाण्डौं, मेस