लण्डन । जिल्ला कारागार चितवनमा गत मंसिर २० गते भएको आक्रमणमा परी गम्भीर घाइते भएका नेपाल तरुणदल चितवनका अध्यक्ष शिव पौडेलको निधनप्रति नेपाल बिधार्थी संघ (बेलायत) गहिरो दुस्ख व्यक्त गरेको छ ।
नेबिसंघ यूके सभापति पीआर घिमिरे (कुशल घिमिरे) र सचिब प्रकाश गौडेलले जारी गरिएको प्रेस बक्तव्यमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरिएको छ,बक्तव्यमा नेपाल तरुण दल चितवनका अध्यक्ष शिव पौडेललाई कारघारभित्र नै सांघातिक् आक्रमण गरी राज्यको मिलोमतोमा हत्या गर्ने सुनियोजित षडयन्त्र बनाइएको र उपचारको क्रममा मृत्यु हुन गएकोमा हार्दिक सम्बेदना प्रकट गर्दै पौडेलमाथि राज्यले लगाएको झुटा मुद्दा फिर्ता गरी घटनामा संलग्न अपराधिलाई कडा भन्दा कडा कारबाही गर्न, अध्यक्ष शिव पौडेललाई शहीद घोषणा गर्न, पीड़ित परिवारलाई क्षेतिपूर्ति उपलब्ध गराउन, र घटनाको छानबीनका लागि एक उच्चस्तरीय छानबीन आयोग गठन गर्न, नेपाली कांग्रेसले पुस ४ गते आब्हन गरेको बन्दमा सहभागी हुन आब्हन गर्दै यस दुस्खद घडीमा परिवार जनमा पर्न गएको अपुरणीय क्षति र पीडा प्रती हार्दिक सहानुभूति प्रकट गर्दै सोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ ।-प्रीति,
प्रतिक्रिया