समयमै जलविद्युत आयोजनाहरु सम्पन्न गर्न निर्देशन

समयमै जलविद्युत आयोजनाहरु सम्पन्न गर्न निर्देशन


सरकारले समयमै जलविद्युत आयोजनाहरु सम्पन्न गर्न कम्पनीहरुलाई निर्देशन दिएको छ ।

ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरण तथा प्राधिकरण अन्तर्गतका कम्पनीहरुबाट निर्माणाधिन जलविद्युत आयोजनाहरुको प्रगती सुस्त भएको भन्दै समयमै सम्पन्न गर्न निर्देशन दिएको हो ।

जलविद्युत आयोजनाहरुको पछिल्लो अबस्थाबारे जानकारी लिन मन्त्रालयले बिहीबार आयोजना गरेको छलफलमा ऊर्जामन्त्री महेन्द्र बहादुर शाहीले जलविद्युत आयोजनाहरुमा देखिएको समस्या समाधानमा मन्त्रालयले पहल गर्ने भन्दै तोकिएकै समयमा काम सम्पन्न गर्न सरोकारवालाहरुलाई निर्देशन दिए ।

‘जलविद्युत आयोजनाहरु समयभित्रै सम्पन्न भए माग अनुसार विद्युत आपूर्ति गर्न कठिनाइ हुदैन,’ मन्त्री शाहीको भनाई थियो । नेपाल विद्युत प्राधिकरण तथा प्राधिकरण अन्तर्गतका ११ वटा सरकारी लगानीका जलविद्युत आयोजना प्रमुखहरुले आयोजनाको प्रगति विवरणबारे जानकारी गराएका थिए ।

सरकारी लगानीमा माथिल्लो तामाकोशी, चमेलिया , कुलेखानी तेस्रो, रहूघाट, माथिल्लो त्रिशुली थ्रि ए, तल्लो सन्जेन, माथिल्लो सन्जेन, रसुवागादी , मध्ये भोटेकोशी , तनहुँ र माथिल्लो त्रिशुली थ्री बि जलविद्युत आयोजनाहरु निर्माण भईरहेका छन् ।

छलफलमा आयोजना प्रमुखहरुले वन, स्थानीयको मुआब्जा वितरण र ठेकेदारबाट देखिएका समस्याबारे अवगत गराएका छन् ।