रक्तदाता समाजको नेतृत्व बस्नेतले गर्ने

रक्तदाता समाजको नेतृत्व बस्नेतले गर्ने


नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकले आफ्नो पहिलो अधिबेशन सम्पन्न गरेको छ । बिहिबार भएको अधिबेशनले पदमा बस्नेतको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा आशीष कुमार गुप्ता, सचिबमा आलम खान,सहसचिवमा गुरुदिन यादव, कोषाध्यक्षमा रईस शाही,सदस्यहरुमा पवन जैसवाल,असलम भाट,राकेश मिश्रा,सरिता ज्ञवाली,गोपीनाथ बैश्य,भागीरथ बम रहनु भएको छ भने प्रमोद डि जी र धर्मेन्द्र सोनीलाई मनोनित गरिएको छ ।

रक्त सञ्चार केन्द्र (ब्लड बैंक) बाट खरिद गरेर मात्र सर्वसाधरणले रगतको प्रयोग गर्न पाउने भएकाले बिपन्नहरुलाई मर्का परेको अगुवा रक्त दाताहरुले बताएका छन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेको नेपालगंजमा भएको प्रथम अधिवेशनमा सहभागी अगुवा रक्त दाताहरुले ब्लड बैंकलाई तिर्नुपर्ने रकम राज्य र निजी अस्पताल मिलेर ब्यबस्थापन गर्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल स्वयसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्मचार्यले रक्त दाताले निशुल्क रगत दिए पनि बिपन्नहरुले त्यो प्राप्त गर्न रकम तिर्नै पर्ने अवस्थाको राज्यले संवोधन गर्नुपर्ने बताए ।

निजी अस्पतालहरुमा पनि ब्लड बैंकले रगत उपलव्ध नगराएसम्म सेवा सञ्चालनमा कठिनाई हुने हुनाले उनीहरुको पनि दायित्व रहने बताउदै स्वयंसेवी रक्तदाताहरु मात्र यस्तो मुहान हो जसको कुनै विकल्प नरहेको उनले तर्क गरे ।

यस्तै सल्लाहकार मोहम्मद आरीफ अन्सारीले रगतको आवश्यकता दिनानुदिन बृद्धि हुदै गइरहेको बताउदै रगत दान गर्ने व्यक्तिहरुको महात्व ठूलो ठूलो ओहदामा बस्ने व्यक्तिहरुको भन्दा लाखौ गुणा बढी महात्वपूर्ण रहेको बताए ।