प्रवास विभागको प्रमुखमा राप्रपाका खड्का चयन

प्रवास विभागको प्रमुखमा राप्रपाका खड्का चयन


राप्रपा अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम प्रवास विभागको प्रमुखमा विजय खडका (दोलखा) लाई मनोनयन गर्नु भएको छ ।

राप्रपाका प्रवास संगठनका अनुभवी खडका राप्रपाका युवा नेता हुनुहुन्छ । विश्वभरी राप्रपाको संगठन निर्माण, अनुगमन र विस्तार गर्न खड्काको महत्वपूर्ण भुमिका रहने छ ।

अमेरिका, युके, वेल्जियम, पोर्चुगल, नेदरल्यान्ड, जर्मन, जापान, कोरिया, युएई, कतार, हङकङ, आयरलैण्ड, मेक्सिको लगायत विश्वका २५ देशमा प्रवासी नेपाली एकता समाज नामको राप्रपाको भातृ संगठन सक्रिय रहेको छ ।

प्रवासमा राष्ट्रियता, राष्ट्रिय पहिचान, हिन्दुत्व, नेपालको धर्म, संस्कृति, पहिचान तथा प्रवासमा रहेका नेपालीको समस्याको विषयमा राप्रपा तथा यसको भातृ संगठनले कुरा उठाउदै आएको छ ।

प्रवास क्षेत्रमा भएको एनआरएनको निर्वाचनमा पनि यो संगठनले वलियो पकड वनाउदै आएको छ । अनुभवी र जुझारू खड्काको नेतृत्वमा राप्रपाको प्रवासमा संगठन अझै बढ्ने संभावना रहेको छ ।