अग्रिम बुर्किङ खुलेन्, यात्रु सहायता कक्ष खुल्यो

अग्रिम बुर्किङ खुलेन्, यात्रु सहायता कक्ष खुल्यो


यातायात व्यवसायीको दादागीरिले टिकट बुर्किङ अन्योलमा परेपनि सरकारले यात्रु सहायता कक्ष खुलाउन थालेको छ ।

दसैँका लागि भदौ २२ गतेदेखि सार्वजनिक सवारीको अग्रीम टिकट बुर्किङ खुला गर्ने भनिएपनि अहिलेसम्म यातायात व्यवसायीले चासो दिएका छैनन् ।

सार्वजनिक सवारीको भाडादर समायोजन र बसको क्यारियर ((छत) राख्न पाउनुपर्ने व्यवसायीहरूको माग पूरा नहुँदासम्म अग्रिम टिकट बुर्किङ खुला नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

व्यवसायीले बुर्किङ नखुलाउँदा आम यात्रु दोधारमा परेका छन् ।

सरकारले यात्रु सहायता कक्ष उपत्यकाका ८ स्थानमा राखिसकेको जनाएको छ ।

कलंकी, बल्खु, कोटेश्वर, तीलगंगा, स्वयम्भु, नयाँबसपार्क,सातदोबाटो र सुन्धारामा सहायता कक्ष राखिएको हो ।

चाडपर्वलाई लक्षित गरी यात्रुहरुको समस्यालाई सम्बोधन गर्न यात्रु सहायता कक्षहरुको स्थापना गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सहायता कक्षमा ट्राफिक प्रहरी, जनपथ प्रहरी, यातायात ब्यबसायी तथा नागरीक समाजका प्रतिनिधीहरु रहेका छन् ।

सवारी साधनमा क्षमता भन्दा बढि यात्रु राख्ने, यात्रुलाई गन्तब्यसम्म नपुरयाउने, भाडामा ठगी गर्ने, महिलालाई दुव्र्यवहार गर्ने लगायतका गुनासोहरुको सम्बोधन हुने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।