क्रान्तिकारी माओवादीले राष्ट्रिय सम्मेलन गर्ने

क्रान्तिकारी माओवादीले राष्ट्रिय सम्मेलन गर्ने


क्रान्तिकारी माओवादीले राष्ट्रिय सम्मेलन गर्ने भएको छ । आगामी असोज २१ देखि २५ गतेसम्म सो पार्टीले राष्ट्रिय सम्मेलन पोखरामा गर्ने तयारी गरेको पार्टी अध्यक्ष मोहन वैद्य किरण जानकारी दिए ।

पोखरामा भएको पत्रकार सम्मेलनमा बोल्दै वैद्यले माओवादी केन्द्रसँगको एकता तत्काल असम्भव रहेको समेत स्पष्ट पारे ।

वैद्यले माओवादी केन्द्रका अध्यक्ष दाहालले कांग्रेससँग मिलेर एउटै पार्टी बनाउन लागेकाले अब सो पार्टीसँग एकता गर्नुको कुनै अर्थ नरहेको विचार व्यक्त गरे ।

उनले क्रान्तिकारी विचार भएका शक्तिहरुसँग एकता गरेर क्रान्तिलाई अझ नयाँ ढंगले अघि वढाउनेतिर आफनो पार्टी अग्रसर हुने बताए ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफनो पार्टीले भाग लिन सक्ने उनको भनाइ थियो ।