एक देशबाट एक दिन बेपत्ता

एक देशबाट एक दिन बेपत्ता


लन्डन / मानिसको जीवनमा केही घण्टा तथा दिनहरु थाहा नै नपाएर त्यसै बित्ने गर्दछन्, तर कसैको जीवनमा थाहा पाई-पाई पूरा एक दिन त पक्कै बित्दैना होला । यही डिसेम्बरको अन्त्यतिर एक देशले पूरा एक दिन गुमाउन्दैछन् ।
साउथ प्यासिफिक आइल्याण्डस्थित आगामी बिहीबार मध्ये रातदेखि पूरा एक दिनलाई छल्दै एकैपटक शनिबारमा पुग्दै छ, जसले गर्दै त्यो देशले २०११ सालको अन्तिम शुक्रबार देख्ने छैन । बिहीबार राति सुतेर त्यहाँका जनताहरु एकै पटक शनिबार बिहान मात्र ब्युन्झने छन् । जब भित्ताको घडीले २९ डिसेम्बर रातको १२ बजेको सुइलाई ठीक पार गर्न थाल्छ, उक्त देश भविष्यमा पुग्न पूरा एक दिनलाई छाड्छ र ३१ डिसेम्बरमा पुग्छ । सामोआ नामको देशले डिसेम्बर ३० तारिखको शुक्रबार सम्पूर्णत: गुमाउछन् ।
यो किन भएको हो भने, सामोआ राष्ट्र अन्तर्राष्ट्रिय मितिको रेखालाई पार गर्दैछ, जसले गर्दा यो देशलाई यसको मुख्य व्यापारिक साझेदार देशहरु अष्ट्रेलिया, चीन र न्युजिल्याण्डको मितिको रेखासंगै चलायमान हुनुपर्ने हुन्छ, जो अहिले सामोआ भन्दा लगभग पूरा दिनले अगाडि छन् ।
सामोआको तेसरी फड्को मार्ने फैशलाले ११९ वर्ष अगाडि गरिएको फैशलालाई खारेज गर्ने छ । हाल सामोआ अस्ट्रेलिया भन्दा २१ घण्टा पछाडि छ तर डिसेम्बर ३१ पछि अस्ट्रेलिया भन्दा ३ घण्टाले अगाडि र ग्रीनवीच भन्दा १३ घण्टाले अगाडि हुनेछ ।
-नीर, मेस