नेपाल आइडल विरुद्धको मुद्दा खारेज (आदेशसहित)

नेपाल आइडल विरुद्धको मुद्दा खारेज (आदेशसहित)


काठमाडौं जिल्ला अदालतमा नेपाल आइडलविरुद्ध परेको मुद्दा खारेज भएको छ । शुक्रबार अधिवक्ता यज्ञमणि न्यौपानेले नेपाल आइडलविरुद्ध दर्ता गरेको उजुरीलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको एकल इजलासले खारेज गरेको हो ।

बुधबार मात्र जिल्ला अदालत काठमाडौंले ‘नेपाल आइडल’ सम्बन्धी कार्यक्रमको मतगणना शुक्रबारसम्मका लागि अघि नबढाउन एपी वान टेलिभिजनलाई आदेश दिएको थियो ।

नेपाल आइडलका लागि भदौ १६ गते भएको ‘भोटिङ’ अनुरुपको गणना अघि बढाउनुपर्नेमा पुनः भोटका लागि आह्वान गर्ने कार्य त्रुटीपूर्ण रहेको दाबी अधिवक्ता न्यौपानेको थियो ।

उजुरीमाथि शुक्रबार दुवै पक्षबीच इजलासमा छलफल भएपछि उजुरी खारेज गर्ने फैसला अदालतले सुनाएको हो ।
यस्तो छ, आदेश…