संसदमा प्रश्न : माधव नेपाल बम पड्काउन उत्तर कोरिया गएको ? (भिडियो सहित)

संसदमा प्रश्न : माधव नेपाल बम पड्काउन उत्तर कोरिया गएको ? (भिडियो सहित)


नेकपा एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उत्तर कोरिया भ्रमणबारे संसदमा जानकारी हुनुपर्ने माग उठेको छ ।

संसदको विशेष समयमा बोल्दै राजपा सांसद अकबल अहमत साहले नेता नेपालको उत्तर कोरिया भ्रमणबारे पार्टी अध्यक्ष केपी ओलीले संसदमा जवाफ दिनुपर्ने माग गरेका हुन् ।

परमाणु हतियारको परीक्षण गरिरहेको राष्ट्र उत्तर कोरियाको भ्रमण अनुचित रहेको भन्दै उनले नेता नेपाललाई बम परीक्षणका लागि उत्तर कोरिया गएको हो ? भन्दै प्रश्न गरे।

‘नेता नेपाल उत्तर कोरियाबाट फर्किएको भोलिपल्ट उत्तर कोरियाले हाइड्रोजन बम पड्कायो, के उहाँ बम परीक्षण गर्न जानुभएको हो?’ उनले संसदमा प्रश्न गरे।

कूटनीतिक नियम मिचेर नेता नेपालले उत्तर कोरियाको भ्रमण गरेको भन्दै सभामुखले भ्रमणबारे जानकारी दिन रुलिङ गर्नुपर्ने नेता अकबलले माग गरे।