संखुवासभा प्रतिभा पुरस्कार घोषणा

संखुवासभा प्रतिभा पुरस्कार घोषणा


हङकङ । संखुवासभा समाज हङकङले गत २६ तारिख सोमवारका दिन समाजको वैठक बसी “संखुवासभा प्रतिभा पुरस्कार”को घोषणा गरेको छ । समाजका अध्यक्ष प्रेम कुमार कोरङगीले सो पुरस्कारको राशी रु चार लाख (४,०००००) रहने जानकारी गराउंदै सो रकम एउटा अक्षय कोषको रुपमा स्थापना गर्ने र उक्त रकमको ब्याजबाट बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई संखुवासभा समाज हङकङको प्रमाण पत्रसहित पुरस्कृत गरिने बिचार ब्यक्त गरेकाछन् । भर्खरै मात्र जिल्लाको सदरमुकाम खांदवारी पुगी सो अक्षय कोषको वारेमा जिल्ला प्रशासन कार्यालयसंग सम्पूर्ण कामकारवाही अगाडि बढाएर सो कामको सम्पूर्ण जिम्वेवारी बरुण बहुमुखी क्याम्पस खांदवारीका क्याम्पस प्रमुख टिकाराम गुरुङलाई दिएर फर्केका अध्यक्ष कोरंगीले उक्त पुरस्कार कुनै एउटा क्षेत्रलाई मात्र नसमेटिई सम्पूर्ण क्षेत्रका ब्यक्तित्वहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले स्थापना गरिएको कुरा बताए । उक्त कोष संचालनको लागि जिल्लाबाट ५ जना र हङकङबाट ४ जना गरी ९ सदस्यीय एउटा छुट्टै उपसमिति रहने जानकारी गराउंदै हरेक वर्ष एक महिला र एक पुरुषलाई वितरण गरिने सो पुरस्कार प्रत्यक वर्ष फरक फरक बिधालाई वितरण गरिने छ । समाजले आफ्नो विधानमा उल्लेखित धारा ३ को उपधारा क अनुसार जिल्लावासीहरुलाई गत सेप्टेम्वर महिनामा आजीवन सदस्यता वितरण गरेको थियो । सोही आजीवन सदस्यताबाट संकलित रकमलाई नै अक्षय कोषको रुपमा राखिएको कुरा सचिव अजम्वर घले बताउँछन् । यो अक्षय कोषको स्थापनाले जिल्लासंगको सुमधुर सम्वन्ध सदैब स्थापित रही रहने र जिल्लाको विकासमा संखुवासभा समाज हङकङले एउटा इँटा थप्ने कार्य गरेको बिचार ब्यक्त गर्छन् समाजका सल्लाकारहरु लाल बहादुर गुरुङ, उपेन्द्र कोरङगी, डम्वर घले (असइ) रसल बहादुर कोरङगी ।
स्मरण रहोस्, सो पुरस्कार आगामी २०६९ सालबाट वितरण गरिने छ । – कोरङगी प्रेम, मेस