बालयौन दूराचारी अष्ट्रियन प्रहरी नियन्त्रणमा

बालयौन दूराचारी अष्ट्रियन प्रहरी नियन्त्रणमा


बाल यौन दुराचार अपराधमासंलग्न रहेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अष्ट्रियाका एक नागरिकलाई नियन्त्रणमा लिएको छ ।

नेपाली नाबालकलाई ललाइफकाइ अनेक प्रलोभनमा पारेर यौन दुराचार गरेको आरोपमा अष्ट्रियाका नागरिक किण्डलर माकुर्सलाई हिजो बिहीबार पक्राउ गरिए पनि प्रहरीले आज सार्वजनिक गरेको हो । ब्युरोको टोलीले उपत्यका बाहिरबाट यौन शोषणका लागि ल्याइएका एक नाबालकसमेत मार्कुसलाई ठमेलबाट पक्राउ गरिएको जनाएको छ।

जबर्जस्ती करणीअन्तर्गत बाल यौन दुराचार अपराधमा अधिकतम १३ वर्ष कैद सजाय तथा पीडितलाई मनासिव माफीको क्षतिपूर्ति भराउने कानूनी व्यवस्था रहेको छ । माकुर्सलाई यही बमोजिम कारवाही अघि बढाउन प्रहरीले कानुनी प्रक्रिया सुरु गरेको छ ।