नाकाबन्दी गरी दानापानी रोक्ने स्वाथ्यमन्त्रीको चेतावनी

नाकाबन्दी गरी दानापानी रोक्ने स्वाथ्यमन्त्रीको चेतावनी


काठमाण्डौं । स्वाथ्यमन्त्री राजेन्द्र महतोले सेनामा मधेसीको समूहगत भर्ना नगर्न सर्वोच्च अदालतले गरेको फैसला मधेस र मधेसीविरुद्ध भएको आरोप लगाएकाछन् । वर्तमान सरकारको स्वास्थ्यमन्त्री रहेका महतोले संविधानअनुरुप रहेको सर्वोच्च अदालतको फैसलाको विपरीत राजनीति पार्टीको आवाजमा बोल्दै गत विहीबार जनकपुरमा भएको एक भेलालाई सम्वोधन गर्ने क्रममा सो भनेका थिए । जनकपुरमा बिहीबार आयोजित कार्यक्रममा सद्भावना पार्टीका अध्यक्षसमेत रहेका स्वास्थ्यमन्त्री महतोले अदालतले राजनीतिक फैसला गरेको टिप्पणी गरेकाछन् । तत्कालीन सरकारसँग भएको चारबुँदै सहमतिअन्तर्गत सेनामा मधेसी भर्ना गर्नेबारेमा भएको सहमतिलाई बेवास्ता गरी अदालतले गलत फैसला गरेको मन्त्री महतोको आरोप थियो । उनले आफ्नो हक र अधिकारको लडाइँ अन्तिम चरणमा पुगेको बताउँदै चारबुँदे सहमति पूरा नभए नाकाबन्दी गरी काठमाडौँको दानापानी रोकिदिने बताएकाछन् । शान्ति प्रक्रिया पूरा भएपछि कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने र संविधान लेखन कार्य पूरा भएपछि देश ताजा जनादेशमा जाने उनले अगाडि बताएकाछन् ।। देब, मेस, काठमाण्डौ