–रोशन कार्की
चाडपर्वको अवसरमा गरिने मेलामा दिइने छुटको नाममा उपभोक्तामाथि चरम ठगी हुने गरेको पाइएको छ । भृकुटीमण्डपलगायत विभिन्न सपिङ मलमा ‘बाह्रमासे’ मेला लाग्ने गरेको छ । यस्ता मेलाले केही हदसम्म उपभोक्तालाई सजिलो त भएको होला तर मेलाको नाममा हुने उपभोक्ता ठगीका बारेमा या त सम्बन्धित निकायको ध्यान नै पुग्दैन, पुगे पनि उपभोक्ताको हितमा उचित कदम चाल्नुको साटो सरकारी अनुगमनकारी निकाय नै रमिते बनेर बसेको देखिन्छ ।
मेलाको नाममा अत्याधिक मुल्य सूची राखेर गुणस्तरहिन सामानको बिक्री एका तर्फ भएको छ भने अर्काे तर्फ करोडौं कर व्यापारिले छली गरेका छन् । उपभोक्तालाई ‘सफेद लुट’ गर्दै आएका व्यापारिलाई सरकारले आँखा चिम्लिएर जतिसक्दो कर र उपभोक्तालाई ठग्नु भन्दै मौन स्वीकृति दिएको पछिल्लो गतिविधिबाट पनि प्रष्ट भएको उपभोक्ताहरुको आरोप रहेको छ । न्यूरोडमा मोबाईल मेला सञ्चालन भई रहेको छ । सो मेलामा ५ देखि ६० प्रतिशत सम्मको छुट अफरमा मोवाईल बिक्रीको घोषणा गरिएको छ ।
ताम्राकार कम्प्लेक्समा जारी मोबाईल मेलामा मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको ताम्राकार मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले बताएका छन् । तर सो मोबाइलको बास्तविक मुल्य कति हो भन्ने केही खुलाउन चाहेनन् । उनले भने,‘हामीले घाटा खाएर उपभोक्ताहरुलाई सेवा गरेका हौ, मेला अबधिभर आउनुहोस मोडल हेृरेर छुट दिने छौ ।’
सो मेलामा व्यवसयीसंग अधिकारीक मुल्यसूची माग गर्दा विनाछाप र फोटोकपी गरिएका भन्सार विन्दु कर (एमआरपी) देखाइने गरेको छ । एउटा मोवाईलमा ५ देखि ६० प्रतिशत सम्मको छुट दिदा सो मोवाईल सेटको खास मुल्य कति हो भन्ने बारे उपभोक्तालाई कुनै जानकारी दिन मान्दैनन् व्यापारीहरु । एक सेटमा त्यतिको छुट दिदा भन्सार दररेटमा व्यापारिले २० प्रतिशत सम्म मुल्य वृद्धि गर्न पाउने ऐन भएपनि उपभोक्तालाई ६० प्रतिशत सम्मको छुट दिदा कति ठगी गरिएको छ भन्ने विषयमा सम्बन्धित निकायको चासो नजादाँ उपभोक्ता ठगीनु परेको गुनासो नुवाकोटका अमरसिंग तमाङले गरेका छन् ।
यसरी मेलाको नाममा छुट दिने भन्दै ललितपुर मोबाइल कम्प्लेक्समा सो अबैध कार्य भई रहेको छ । सो कम्प्लेक्समा मोबाइल खरिद गर्दा ५ प्रतिशतदेखि ३० प्रतिशतसम्मको छुट दिदिएको भन्दै प्रचार गरिएको छ । ३० प्रतिशत छुटसंगै उपहार छानीछानी दिने भएपछि सो मलमा बिक्री हुने मोबाईल सेटको मुल्य कति हो त ? भन्ने विषयमा सम्बन्धित मेला आयोजकलाई सम्र्पक गर्दा कोही पनि सम्र्पकमा आउन चाहेनन्। विश्व बजारमा समेत नेपालमा हुने जस्ता मेला महोत्सव हुदैन् तर व्यापारिकै भनाई मान्ने हो भने किन मेलाको नाममा मात्र छुट दिदै कर छली गरिदै आएको पाईएको छ ।
यसरी हुने सवै मेला महोत्वसमा आयोजकले प्रचलित कर ऐन अनुसार स्वीकृत समेत नलिई सञ्चालन गरि रहेका छन् । व्यापारिले सरकारलाई चुनौति दिदै उपभोक्ता ठगी गरिदा समेत सम्बन्धित पक्षलाई कारवाही समेत गर्न सकेको छैन ।
प्रतिक्रिया