बुटवलमा राष्ट्रिय औद्यौगिक प्रदर्शनी हुने

बुटवलमा राष्ट्रिय औद्यौगिक प्रदर्शनी हुने


नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले आगामी कात्तिक ८ देखि १८ गतेसम्म बुटवलमा ‘राष्ट्रिय औद्यौगिक कृषि तथा पर्यटन प्रवद्र्धन प्रदर्शनी’ आयोजना गर्ने भएको छ । यहाँको समग्र आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले बताएका छन् ।

प्रदर्शनीको लागि संगठनका अध्यक्ष खेम श्रीसको अध्यक्षतामा १ सय ५१ सदस्यी मूल समिति तथा अन्य १४ वटा उपसमितिहरु गठन गरिएको छ भने विभिन्न स्वदेशी तथा विदेशी गरी करिब साढे तीन सय स्टलहरु सहभागी हुने प्रदर्शनी बुटवलको बुटवल मण्डपमा १० दिनको लागि आयोजना गरिने छ ।

स्टल निर्माण तथा दर्ता उपसमिति संयोजकमा प्रवीणबहादुर पाठक, सांस्कृतिक उपसमितिमा गोविन्द गैरे, सचिवालय तथा सूचना उपसमितिमा सिताराम रसाईली र केशव श्रीस, आर्थिक व्यवस्थापनमा बाबुलाल पाण्डे र बाबुराम आचार्य, खानेपानी तथा सरसफाइमा जिवलाल पौडेल र रुपेश पौडेल, पार्किङ यातायात तथा बाल उद्यानमा नवराज पौडेल, टिकट बुकिङमा घनश्याम घिमिरे र नारायण भण्डारी, मुद्रण तथा प्रकाशनमा पशुपति पौडेल, सुरक्षा व्यवस्थापनमा नेत्र रुचाल, विद्युत व्यवस्थापनमा तुलसीराम भण्डारी, खाद्यान्न तथा आवासमा विष्णु पाण्डे, गेट तथा मञ्च व्यवस्थापन न्याजुद्धिन मिया, प्रचार–प्रसारमा यमलाल मरासीनी र परिचयपत्र व्यस्थापनमा लोकनाथ पन्थी रहेका उपसमितिहरू गठन गरिएका छन् ।

राष्ट्रिय स्वाधिन अर्थतन्त्र, औधोगिकरण तथा व्यापार विविधिकरणमा मद्दत पुगोस् भन्ने लक्ष्य लिएर प्रदर्शनी आयोजना गरिएको प्रचार–प्रसार उपसमितिका संयोजक यमलाल मरासीनीले उल्लेख गर्नुभयो ।
– चन्द्रकान्त खनाल