अयोग्य लडाकुद्धारा सुदूरपश्चिम बन्द

अयोग्य लडाकुद्धारा सुदूरपश्चिम बन्द


काठमाडौ। अयोग्य अर्थात् बर्हिगमित माओवादी लडाकुले आह्वान गरेको सुदूरपश्चिम बन्दका कारण त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ । बन्दका कारण सुदूरपश्चिमका सबै जिल्लामा प्रभाव परेको छ । बिहानैबाट यातायातका साधन चल्न सकेका छैनन् । उद्योगधन्दा कलकारखाना शैक्षिक संस्थापनि प्रभावित भएका छन् । उनीहरुले सरकारलाई बुझाएको चार बुँदे माग पूरा नभको भन्दै बन्द गरेका हुन् । सरकारलाई बुझाएको चार बुँदे मागमा अयोग्यको बिल्ला खारेज गरिनुपर्ने र सम्माजनक दीर्घकालिन व्यवस्थापनका लागि एकमुष्ठ आर्थिक प्याकेजबाट हल गरिनुपर्ने उल्लेख छ ।
त्यसैगरी संयुक्त राष्ट्रसंघ शान्तिकोष मार्फत बर्हिगमित अयोग्य लडाकुको नाममा भएको खर्चको सत्यतथ्य विवरण सार्वजनिक गरिनुपर्ने र विभिन्न बहानामा पक्राउ परेका सम्पूर्ण बर्हिगमित लडाकुलाई अविलम्ब बिना सर्त रिहाई गरिनुपर्ने समेत उल्लेख छ । हिसात्क क्रियाकलाप हुन नदिन स्थानीय प्रशासनले उच्च सुरक्षा सर्तकर्ता बढाएको छ । उनीहरुले पूर्व जानकारी बिनानै गरेको बन्दले सर्वसाधारण मर्कामा परेका हुन् ।
सातवटै माओवादी शिविरका चार हजार आठ जना लडाकु बर्हिमगनमा परेका थिए । जसमध्ये सातौं डिभिजनबाट २ सय ७२ जना रहेका थिए । बर्हिगमनमा परेकाहरु कैलालीको धनगढी, अत्तरीया, लम्की, टीकापुरका साथै कञ्चनपुरको महेन्द्रनगरमा अस्थायी शिविरमा बस्दै आईरहेका छन् ।-देब, काठमाण्डौ, मेस