दीर्घकालीन योजना बनाउन अर्थराज्यमन्त्रीको निर्देशन

दीर्घकालीन योजना बनाउन अर्थराज्यमन्त्रीको निर्देशन


अर्थ राज्यमन्त्री उदय शमशेर राणाले स्थानीय तहको निर्वाचनले स्थानीय तह अधिकार सम्पन्न भएको बताउँदै स्थानीय तहले नै आम्दानीका स्रोतहरू बढाउन ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । आज इलामको रोङ गाउँपालिकाको प्रथम गाउँसभालाई उद्घाटन गर्दै अर्थराज्यमन्त्री राणाले स्थानीय निकायलाई सर्वोपरी बनाउनका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

रोङ गाउँपालिकाका अध्यक्ष शमशेर राईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालय कर्मचार्य, पूर्व सांसद टीकाराम लाप्चा, महासमिति सदस्य बेनुपराज प्रसाईंलगायतका नेताले रोङ गाउँपालिकाको सामाजिक, आर्थिक, भौतिक, धार्मिकलगायतका विभिन्न क्षेत्रका समस्याका बारेमा अर्थराज्यमन्त्री समक्ष जानकारी गराउनुभएको थियो । रासस